सदरलाइनडटकम,
नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा बिहीबारदेखि फेन्सिङ्ग (तरबारबाजी) खेल शुरु भएको छ । काठमाण्डौमा केन्द्रित भएको फेन्सिङ्ग खेल पहिलो पटक राजधानी बाहिर आयोजना भएको हो ।
राष्ट्रिय खेलकुदसँगै फेन्सिङ्गको चौथो राष्ट्रिय प्रतियोगितासमेत शुरु भएको फेन्सिङ्ग एशोसिएशन नेपालका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । नेपालमा ९ बर्ष अघिदेखि फेन्सिङ्ग खेल सुरु भए पनि चार वर्षअघि मात्रै राष्ट्रिय खेलकुदमा समावेश भएको हो ।
प्रतियोगितामा प्रदेश १,३,गण्डकी र सुदुरपश्चिम तथा विभागीय टोली आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि सात टोलीका १२९ जना खेलाडीबीच ३० स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने भएको छ । यो खेल वैशाख ४ गते समापन हुनेछ ।
Next Post
नेपालगञ्ज र कोहलपुरमा राप्रपाको धर्ना
२८ चैत्र २०७५, बिहीबार १७:५३
सम्बन्धित
-
१३ श्रावण २०७८, बुधबार १२:५४
गुल्मीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ७ घाइते
-
२६ जेष्ठ २०७६, आईतवार १७:५९
मिडिया विधेयक पढेर प्रतिक्रिया दिन मन्त्रीको सुझाव
-
१० चैत्र २०७८, बिहीबार १७:४५
महाकालीमा भारतले तटबन्ध बनाउन थालेपछि सदरमुकाम जोखिममा पर्ने भन्दै दार्चुलाका बासिन्दा आन्दोलित
-
२६ असार २०७७, शुक्रबार १३:३७
रुकुममा पहिरो जाँदा दुईको मृत्यु
-
२८ चैत्र २०७४, बुधबार १८:४६
फेसबुक प्रतिबन्ध लगाउने हल्ला फैलाइयो