समाचार सारांश
- नेपालगञ्जमा महेन्द्र पुस्तकालयले आयोजना गरेको कार्यक्रममा खेलकुदले राष्ट्रको पहिचान स्थापित गर्नुका साथै समाजमा सहिष्णुता, अनुशासन र एकता विकास गर्ने सहभागीहरूले बताएका छन्।
- पूर्व खेलाडी तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजितकुमार शर्माले खेलाडी जात, धर्म वा भूगोलभन्दा माथि उठेर राष्ट्रको प्रतिनिधि हुने धारणा व्यक्त गरे।
- कार्यक्रममा खेलकुदसम्बन्धी प्यानल छलफलसँगै एथलेटिक्स, स्वास्थ्य र म्याराथन क्षेत्रमा योगदान पुर्याएका दर्जनभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको छ।

नेपालगञ्ज : खेलकुद र खेलाडीले राष्ट्रको पहिचान गराउनमा ठूलो भूमिका रहेको नेपालगञ्जमा शनिबार आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन ।
महेन्द्र पुस्तकालयले आयोजना गरेको खेलकुदले बनाउने समाज तथा अग्रज खेलाडि सम्मान कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।
खेलकुद रंगशाला भित्र मात्र खेलिने भएपनि यसले खेल मैदानबाहिरको समाजलाई सहिष्णुता, अनुसाशित र एकजुट बन्न सिकाउनुको साथै खेलाडिहरु खेल मात्र खेल्ने नभई राष्ट्रको लागि शान्ति र सामाजिक सद्भावका प्रतिक भएको कार्यक्रममा आफ्नो भनाई राख्दै पूर्व खेलाडि तथा भलिबलका अन्तराष्ट्रिय रेफ्री अजित कुमार शर्माले बताए ।
उनले खेलको जर्सिलगाएर खेलमैदानमा उभिएको खेलाडीको कुनै जान, वर्ण, धर्म र निश्चित भुगोल नभई मात्र एक राष्ट्रको खेलाडि हुने धारणा राखे ।

यस अघि सो कार्यक्रममा प्यानलगत भएको छलफलमा प्रर्व खेलाडि शर्मा, खेलपे्रमी रतन टंडन, पूर्व ओलम्पियन सुरेन्द्र हमाल, समसुद्दीन सिद्दिकी, नेपालगञ्ज म्याराथनका सस्थापक टिएस ठकुरी, शान्ति सिंह, बालकृष्ण चौधरीले भाग लिएका थिए ।
सो कार्यक्रममा एथलेटिथक्सका बिक्रम थापा, स्टेथलेन्थका डा. प्रतिक श्रेष्ठ, नेपालगञ्ज म्याराथनका सस्थापक टिएस ठकुरीलगायतका दर्जनबढीलाई सम्मान गरिएको थियो ।


