Sadarline
२०८३ असोज २८ , बुधबार

‘जुमा विजिनेएण्ड प्रोफसनल फुटसल कप २०८३’ हुने



नेपालगञ्ज : नेपालगञ्जमा जुमा स्पोर्टक्लवको आयोजनामा तथा नेपालगञ्ज उद्योग बाणिज्य संघको सहकार्यमा ‘जुमा विजिनेएण्ड प्रोफसनल फुटसल कप २०८३’ को आयोजना गरिने भएको छ ।

असोज ९–१० गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा संघमा आवद्ध रहेका विभिन्न ८ बस्तुगत टिम सहभागि हुने जानकारी दिईएको छ ।

क्लवका अध्यक्ष डा उदय राज अधिकारीले प्रतियोगिता लिगकम नकआउट प्रणलीमा सञ्चालन हुने बताए । प्रतियोगितामा प्रथम हुनेले २५ हजार र द्वितिय हुने टिमले १२ हजार पुरस्कार पाउने अध्यक्ष ८ा अधिकारीले जानकारी दिए ।

खासगरी व्यवसायी बीचमा खेल भावना उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार
ताजा समाचार