नेपालगञ्ज–१ मा अन्तराष्ट्रिय स्तरको साईकल पम्प ट्र्याक निर्माण गरि सञ्चालनमा

सदरलाइन संवाददाता ८ असार २०८३, सोमबार १९:५८
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिका–१ मा वडा कार्यालय, उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको लगानीमा अन्तर्राष्ट्रियस्तरको साइकल पम्प ट्र्याक निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
  • पम्प ट्र्याक उद्घाटनसँगै आयोजित ‘ओपन नेपालगञ्ज पम्प ट्र्याक च्यालेन्ज २०२६’ मा देशभरका ३५ खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए, जसमा काठमाडौँका निरप श्रेष्ठ इलाइट पुरुषतर्फ प्रथम बने।
  • कार्यक्रममा स्थानीय तथा प्रदेश सरकारका प्रतिनिधिले खेल पूर्वाधार विकास र साइकलिङ खेलाडी उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्जमा साईकलिङ्गका नेपालगञ्ज उपमहानगर वडानं. १ ले अन्तराष्ट्रिय स्तरको साईकल पम्प ट्र्याक निर्माण गरि सञ्चालनमा ल्याएको छ ।

नेपालगञ्ज वडानं १ वडा कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको प्रत्यक्ष लगानीमा सो साईकल पम्प ट्र्याक निर्माण गरि सञ्चालनमा ल्याईएको वडा अध्यक्ष प्रमोद रिजालले बताए ।

वडा अध्यक्ष रिजालले शिवपार्वती मन्दीरसग सम्झौता गरी साईक्लिङ्ग क्लवको माग अनुसार अन्तराष्ट्रियस्तरको साईकल पम्प ट्र्याक निर्माण गरिएको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले ंंंंसाईक्लिङ्गका खेलाडी उत्पादन र साईकल पम्प ट्र्याकको सौन्र्दय करणमा ध्यान पुराउने बताए । ‘साईकल पम्प ट्र्याक भएर मात्र के गर्नु त्यहा खेलाडी खेल्न आउदैनन भने । खलाडी आउने बाताबरण बनाउन उपमहानगरले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउछु’–उनले भने ।

लुम्बिनी प्रदेसका भौतिक योजना मन्त्री रत्न खत्रीले साईकल पम्प ट्र्याकको उद्घाटन गर्दै प्रदेश सरकारले खेलपूर्वाधारमा यथेष्ट लगानी गर्दै आएको र यस वर्षमा पनि केहि योजना भएको बताए ।


साईकल पम्प ट्र्याकको उद्घाटन संगै ओपन नेपालगञ्ज पम्प ट्र्याक च्यालेन्ज २०२६ मा देशभरबाट ३५ जना विभिन्न उमेर समुहका खेलाडिले प्रतिश्पर्द गरेको नेपालगञ्ज बाइसाइकलका अध्यक्ष गगन थापाले जानकारी दिए ।

प्रतियोगितामा काठमाडौँका निरप श्रेष्ठ इलाइट मेलतर्फ प्रथम भए , त्यसैगरी बाँकेका अनिश चौधरी द्वितीय तथा बाँकेकै वीरेन्द्र आर्य तृतीय भए । उनीहरूले नगद रु २० हजार १५ हजार र १० हजार प्राप्त गरे ।

त्यसैगरी जुनियर ए क्याटागोरीतर्फ प्रथम स्थान प्रज्ञान नेपाली द्वितीय स्थान प्रसन्न महर्जन र तृतीय स्थान सुशाङ्ग धर्कटवाले प्राप्त गरे । उनीहरूले रु १० ,७ र ५ हजार प्राप्त गरे ।

जुनियर बि क्याटेगोरीमा आदित्य मल्ल प्रथम स्थान सुप्रान्त केसी द्वितीय स्थान र प्रज्ञान बस्नेत तृतीय स्थान हासिल गर्न सफल भए । उनीहरूले पनि समान ७ हजार ५ हजार र ३००० प्राप्त गरे ।

१० वर्ष मुनिको किड्स क्याटेगोरीतर्फ कस्तुप चलाउने प्रथम स्थान दिबियो थारु द्वितीय स्थान र शाश्वत केसी तृतीय स्थान हासिल गर्दै ५ हजार ३ हजार र २ हजार प्राप्त गरे । ३० वर्षभन्दा माथि उमेर समूहको मास्टर क्याटेगोरीमा दीपक मल्ल प्रथम जङ्गु थारु द्वितीय र विष्णुप्रसाद कँडेल तृतीय स्थान हासिल गर्दै नगद रु १५, १० र ७ हजार प्राप्त गरे ।

नेपालगञ्ज साइकलिङ क्लबका अध्यक्ष कविराम बुढाथोकीे साईकल पम्प ट्र्याक देसै भरी २ वटा मात्र भएको जानकारी दिए ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरको १९ औ नगर अधिवेशनमा नीति तथा बजेट प्रस्तुत

८ असार २०८३, सोमबार १९:५८
समाचार सारांश Generated Using AI नेपालगञ्ज उपमहानगरपालिका–१ मा वडा कार्यालय, उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको लगानीमा अन्तर्राष्ट्रियस्तरको साइकल पम्प ट्र्याक निर्माण गरी सञ्चालनमा ल्याइएको छ।पम्प ट्र्याक उद्घाटनसँगै आयोजित ‘ओपन नेपालगञ्ज पम्प ट्र्याक च्यालेन्ज २०२६’ मा देशभरका ३५ खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए, जसमा काठमाडौँका निरप श्रेष्ठ इलाइट पुरुषतर्फ […]