शिक्षा

सोशल डिस्टेन्सका लागि ‘लक्ष्मण रेखा’

सोशल डिस्टेन्सका लागि ‘लक्ष्मण रेखा’

    प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरसबाट बच्न सोशल डिस्टेन्स अर्थात् सामाजिक दुरी बनाउनका लागि नेपालगञ्जमा लक्ष्मण रेखा बनाइएको छ । प्रहरीको प्रयासमा अत्यावश्यक सामग्रीको कारोबार हुने पसल, मेडिकललगायतका क्षेत्रमा लक्ष्मण रेखा बनाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शुक्रबारबाट नेपालगञ्जमा रहेका अत्यावश्यक पसलहरु सञ्चालन गर्न दिने तयारी गरिएको छ ।
अन्तत : एसईई स्थगित

अन्तत : एसईई स्थगित

    प्रकाशित मितिः बुधबार, चैत्र ५, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ  : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्नसक्ने भन्दै उच्च सर्तकता अपनाउनको लागि सरकारको सो निर्णय आएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्
नेपाली सेनाका छोराछोरीलाई निःशुल्क छात्रवृत्ति दिदै ड्रिमल्याण्ड

नेपाली सेनाका छोराछोरीलाई निःशुल्क छात्रवृत्ति दिदै ड्रिमल्याण्ड

    प्रकाशित मितिः बुधबार, चैत्र ५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाली सेनाका छोराछोरीलाई निःशुल्क छात्रवृत्ति राँझामा रहेको ड्रिमल्याण्ड स्कुलले दिने सहमति भएको छ । बाहलवाला र अवकास प्राप्त नेपाली सेनाका छोराछोरी निःशुल्क छात्रवृत्ति अन्तर्गत बाँकेको राझाँस्थित ड्रिमल्याण्ड स्कुलमा पढ्न पाउने स्कुलका प्रध्यानाध्यापक बामदेव न्यौपानेले बताए । ती बालबाललिकाका लागि श्रीभैरवप्रसाद गण राझाँ र ड्रिमल्याण्ड स्कुलको सहकार्यमा छात्रवृत्ति व्
आधारभुत तहको पश्नपत्रमा त्रुटी नै त्रुटी भेटियो

आधारभुत तहको पश्नपत्रमा त्रुटी नै त्रुटी भेटियो

    प्रकाशित मितिः सोमवार, चैत्र ३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नोबेल कोरोना भाइरसका कारण छिटो परीक्षा सक्नको लागि सञ्चालन गरिएको विभिन्न स्थानीयतहका आधारभुत तहका परीक्षामा सोधिएको पश्नहरुमा गल्तीका चाङ्ग भेटीएको छ । सदरलाइन डटकम अनलाईनलाई प्राप्त बाँकेको कोहलपुर नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाले सञ्चालन गरेको आधारभुत तहको परीक्षामा सोधिएका प्रश्नहरु नै गल्तीको चाङ्ग रहेको पाइएको छ । आधारभुत तहको कक्षा ८ को बार्षिक
अपांगता भएका थापालाई मदरल्याण्ड विद्यार्थीको सहयोग

अपांगता भएका थापालाई मदरल्याण्ड विद्यार्थीको सहयोग

    प्रकाशित मितिः आइतवार, चैत्र २, २०७६       |
सदरलाइनडटकम, पोखरा (कास्की) : पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माविका विद्यार्थीहरुले केही दिन पहिले एउटा डकुमेन्ट्री हेरे । सबै विद्यार्थीले पालै पालै डकुमेन्ट्री हेरे पछि उनीहरुलाई डकुमेन्ट्रीका नायक अपांगता भएका युवक कृष्ण थापालाई सहयोग गर्ने भावना जाग्यो । संचारकर्मी सन्जोग बस्यालले निर्देशन तथा निर्माण गरेको डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स डकुमेन्ट्री हेरेपछि उनीहरुलाई सह
सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गरिने

सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गरिने

    प्रकाशित मितिः शनिबार, चैत्र १, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । आगामी चैत ६ गतेदेखि शुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्
भोलीदेखि आधारभुत तहको परीक्षा हुँदै

भोलीदेखि आधारभुत तहको परीक्षा हुँदै

    प्रकाशित मितिः बुधबार, फाल्गुन २८, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा बिहीवारदेखि शुरु हुने कक्षा ८ को आधारभुत तहको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७८० परीक्षार्थी सहभागी हुने उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए । बिश्वभर कोरोना (कोभिड–१९)को समस्या देखिएपछि नेपालगञ्जमा पूर्वनिर्धारित तालिका भन्दा एकसाता छिटो गरि परीक्षा सञ्चालन ह
‘नेपालगञ्जका सामुदायिक विद्यालयमा बजेट छर्ने नीति छैन’

‘नेपालगञ्जका सामुदायिक विद्यालयमा बजेट छर्ने नीति छैन’

    प्रकाशित मितिः आइतवार, फाल्गुन १८, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालय सञ्चालनको लागि स्थानीय सरकारले सहयोग नगर्ने जनाएको छ । उपमहानगरका प्रमुख डा धवल शम्शेर राणाले हालै उपमहानगर मै आयोजना गरेको पत्रकार भेटका अवसरमा सो जानकारी गराएका हुन । उपमहानगरले नगरको शिक्षाको लागि महत्वाकांक्षी योजना सल्यानी बंगलामा ‘गल्स’ स्कुल र एमपी स्कुलमा ‘गल्स’ कलेज सहितको होस्टेल निर्माणको थालनी गरेको कारण अन्
अध्यक्ष कप प्रतियोगितामा जयकिसान प्रथम

अध्यक्ष कप प्रतियोगितामा जयकिसान प्रथम

    प्रकाशित मितिः शनिबार, फाल्गुन १७, २०७६       |
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रवारदेखि शुरु भएको गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा जयकिसान मावि प्रथम भएको छ । छात्रतर्फको १५ सय मिटर दौडमा बाहेक सबै इभेन्टमा जयकिसान मावि प्रथम भएको हो । प्रतियोगितामा महेन्द्र मावि मटेहिया दोस्रो र आदर्श मावि लक्ष्मणपुर तृतीय भएका छन् । अनुशासनतर्फ भने आदर्श मावि उत्कृष्ट भएको छ । गाउँपालिका
कृषि क्याम्पसको मुख्यमन्त्री पोख्रेलद्वारा उद्घाटन

कृषि क्याम्पसको मुख्यमन्त्री पोख्रेलद्वारा उद्घाटन

    प्रकाशित मितिः शनिबार, फाल्गुन १७, २०७६       |
सदरलाइनडटकम, खजुरा (बाँके) : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खजुरामा सञ्चालनमा आएको कृृषि क्याम्पसले एउटा नमुना मोडेल प्रस्तुत गर्नुपर्ने बताएका छन् । क्याम्पस सामान्य ज्ञान हासिल गर्ने थलोको रुपमा मात्र नभई इजरायली मोडेलमा बसेको खजुराको बस्तीमा इजरायल भन्दा कृषिमा राम्रो नमुना प्रस्तुत गर्ने विद्यार्थी उत्पादन गर्ने योजना बनाउनु पर्ने बताए । बाँकेको खजुरा–३ मा कृषि तथा वन विज्ञान व