
नेपालगञ्ज : भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज बाँकेको २४ औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट केन्द्रीय अध्यक्ष पदमा मीना बराल निर्वाचित भएकी छन् ।
निर्वाचित पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजाल, उपाध्यक्षहरूमा महेन्द्र चन्द महासागर, भरतबहादुर रानाभाट र चक्रप्रसाद अधिकारी रहेका छन् । यसैगरी महासचिवमा सुन्दर गुरुङ, सचिवमा पुष्पमणि प्रधान र कोषाध्यक्षमा तारा रोकाया निर्वाचित भएको निर्वाचन समितिका संयोजक नारायण ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सदस्यमा चन्द्रावती अधिकारी, पुष्पा सुवेदी, कविराज रेग्मी, अन्तरिक्ष देवकोटा, पूर्ण समीर महतारा, मीना ढकाल, दीपेन्द्रबहादुर सिंह, देवीलाल चौलागाईं, नरुलहसन राई, खगेन्द्रप्रसाद नेपाल र सतानन्द उपाध्याय रहेका छन् ।
प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार












प्रतिक्रिया दिनुहोस्