
नेपालगञ्ज : ७१औँ प्रहरी दिवस–२०८३ मा नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन)–२०८३ मा जिल्ला प्रहरी कार्यालय रुपन्देही देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट घोषित भएको छ ।
७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयले रुपन्देही जिल्ला प्रहरी कार्यालयलाई सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालयका रूपमा प्रशंसापत्र प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) जनक शाहीले सो प्रशंसापत्र लिएका हुन् । उनी प्रहरी संगठनभित्र काबिल र व्यावसायिक प्रहरी अधिकृतका रूपमा आफ्नो छबी बनाउन सफल भएका छन् । उनको नेतृत्वमा रहेको कार्यालय देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट बन्न सफल हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कनअन्तर्गत सञ्चालन हुने पुलिस ब्याटनमा रुपन्देही जिल्ला प्रहरी कार्यालय सर्वोत्कृष्ट हुनुले कार्यालयको कार्यसम्पादन र संस्थागत क्षमताको उच्च मूल्याङ्कन भएको देखिन्छ ।
७१औँ प्रहरी दिवसको अवसरमा प्राप्त यो उपलब्धिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संस्थागत पहिचान थप उचाइमा पुर्याएको छ । साथै, नागरिक सुरक्षा, शान्तिसुरक्षा कायम, अपराध नियन्त्रण तथा प्रभावकारी प्रहरी सेवा प्रवाहमा उत्कृष्टता कायम राख्न कार्यालयलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्