एनपिएल प्लेअफ समीकरण पूरा : लुम्बिनी विजयी भएसँगै जनकपुर, चितवन र पोखरा बाहिरिए

सदरलाइन संवाददाता १९ मंसिर २०८२, शुक्रबार १९:४७
 

  

काठमाडौ : नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् ।

कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको बनाएको थियो । १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले चार विकेटको महत्त्वपूर्ण जित निकालेको हो । १९ ओभर एक बल खेल्दै लुम्बिनीले ६ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।


लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सटले ३० रन बनाउँदा जेजे स्मितले २१ रन थपेका थिए भने निरोशन डिकवेलाले १७ रन जोडे । जनकपुरका लागि संगीत कुरेले तीन विकेट लिँदा मयन यादवले दुई विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको जनकपुरका लागि सङ्गीत कुरेले नटआउट सर्वाधिक ४५ रन बनाए , भने मयन यादव २७ रन थप्पे । ओपनर आशिफ शेखले २० रन जोड्दा सञ्जय कृष्णमूर्तिले १४ रन बनाएका थिए ।

जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुई, दुई विकेट हात पार्दा रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एकएक विकेट हात पारेका थिए । सात खेलबाट आठ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्ने अन्तिम टिम बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सभापति देउवा र अध्यक्ष ओलीबिच भेटवार्ता

१९ मंसिर २०८२, शुक्रबार १९:४७
काठमाडौ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक […]