रिक्साबाट मासिक तीन लाखसम्म आम्दानी

सदरलाइन संवाददाता २१ भाद्र २०८०, बिहीबार १६:०३
 

हुम्ला : नेपाल र चीनको सिमाना हिल्सामा अटो रिक्सा चालकको दैनिक कमाइ राम्रो रहेको पाइएको छ । चीनको ताक्लाकोटबाट नेपालमा आउने सामान ओसार्ने कार्य गर्दा अटो चालकको कमाइ राम्रो हुने गरेको हो ।

हिल्साका अटो चालक नाम्खा गाउँपालिका– ६ को लिमीको जाङ गाउँका पासाङ लामा अटो चलाएर दैनिक राम्रो कमाई हुने गरेको बताए । ताक्लाकोटबाट ढुवानी भएर आएको सामान नेपालको मैत्री पुलबाट हिल्सा बजारसम्म एक ट्रिप सामान ढुवानी गरेको दुई हजार लिने गरेको बताउँदै उनले दैनिक पाँचदेखि छ ट्रिप सामान ढुवानी गर्ने गरेको बताए । उनले दैनिक दशदेखि बाह्र हजार रुपैयाँ कमाइ हुने गरेको बताउँदै मासिक तीन लाख रुपैयाँसम्म कमाइ हुने गरेको बताए ।

यसअघि ताक्लाकोटमा मजदुरी काम गर्दै आएका लामाले गत असारबाट अटो चलाउँदै आएका हुन् । हिल्साका होटेल व्यवसायी कर्मा तुडुप लामाले यसअघि मानिसले बोकेर ल्याउने सामान यस वर्षबाट अटो रिक्साबाट ढुवानी हुने गरेको बताउँदै कमाइ पनि राम्रो गर्ने गरेको बताए । उनले अटो रिक्सा चालकले बिहानबाट बेलुकासम्म सामान ढुवानी गर्ने गरेको बताउँदै आम्दानीको राम्रो माध्यम भएको बताए ।


हाल हिल्सामा यसरी सामान ढुवानी गर्ने दुई जना हुम्लावासी रहेको बताए । यी रिक्साहरु रातभरि बत्तीमा चार्ज गरिने भएका कारण अन्य खर्च नहुने बताउँदै उनले दुवै जना पेशाबाट खुशी रहेको बताए । चीनको ताक्लाकोटबाट दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा आयात हुने गरेको छ ।

ताक्लाकोटबाट दुई देशको सिमानासम्म चिनियाँ गाडीमा सामान ढुवानी हुने गरेको र त्यताबाट हिल्सा बजारसम्म अटोले सामान ढुवानी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुराको स्याउ असोजभित्रै नेपालगञ्ज पुग्ने

२१ भाद्र २०८०, बिहीबार १६:०३
बाजुरा : बाजुरामा उत्पादित स्याउ असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढी पुग्ने भएको छ । जिल्लाको स्वामिकात्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपलिकाको स्याउ एक साथ तीनवटा सहरसम्म ढुवानी गरिने भएको हो । कृषि ज्ञान केन्द्र बाजुरा र स्थानीयहरुले स्याउ ढुवानीमा ५०/५० प्रतिशत अनुदान दिने भएका छन् । जिआइजेटले स्याउका लागि आवश्यक […]