लुम्बिनी प्रदेशः बजेटमाथिको मन्त्रालयगत छलफल असार २२ र २३ गते हुने

सदरलाइन संवाददाता २१ असार २०८३, आईतवार १९:५३
 
समाचार सारांश
Generated Using AI
  • म्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते गर्ने कार्यतालिका तय गरिएको छ।
  • छलफलका क्रममा उठ्ने प्रश्नको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिनेछन्।
  • आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको भए पनि बजेट वितरणलाई लिएर सरकारमै सहभागी दलका केही सांसदले असन्तुष्टि जनाउँदै विरोध गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

दाङ :  लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते हुने भएको छ ।

आइतबार बसेको लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको १२ औं बैठकले विभिन्न मन्त्रालय तथा तिनसँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहगत छलफलका लागि समय निर्धारण गरेको हो ।

छलफलका क्रममा उठ्ने प्रश्न तथा जिज्ञासाको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची तय गरिएको छ ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आठौं अधिवेशनको १३ औं बैठक सोमबार बिहान ८ बजे बस्ने जानकारी दिए । उक्त बैठकमा बजेटसँग सम्बन्धित मन्त्रालयगत शीर्षकहरूमाथि विस्तृत छलफल अघि बढाइनेछ ।


यसअघि आइतबार बसेको १२ औं बैठकमा आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि सत्ता पक्ष तथा प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।

बजेटमध्ये पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ र चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

यद्यपी बजेट मुख्यमन्त्री र मन्त्रीहरुको एकलौटी भयो भनेर सरकारमा सामेल दलका सदस्यहरुले हस्ताक्षरको नाटक रचेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

२१ असार २०८३, आईतवार १९:५३
समाचार सारांश Generated Using AI म्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते गर्ने कार्यतालिका तय गरिएको छ।छलफलका क्रममा उठ्ने प्रश्नको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिनेछन्।आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ […]