एथरको १५औँ ‘एक्सपेरियन्स सेन्टर’ अब नेपालगञ्जमा पनि

सदरलाइन संवाददाता २८ भाद्र २०८३, आईतवार १९:५१
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जको बसपार्क रोडमा एथर नेपालले आफ्नो १५औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ।
  • सेन्टरमा एथर ४५० र रिज्टा इलेक्ट्रिक स्कुटरका साथै डेमो, टेस्ट राइड र बिक्रीपछिको सेवाको सुविधा उपलब्ध हुनेछ।
  • उद्घाटनसँगै ग्राहकका लागि ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजमा फाइनान्सिङ र एक्सचेन्जमा थप मूल्याङ्कन लाभसहितको विशेष योजना सार्वजनिक गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : एथर नेपालले नेपालगञ्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । पश्चिम नेपालको विद्युतीय मोबिलिटीलाई थप स्मार्ट र दिगो बनाउने उद्देश्यका साथ नेपालगञ्जको बसपार्क रोड स्थापना गरिएको यस नयाँ सेन्टरमार्फत ग्राहकहरूले एथरका नवीनतम प्रविधियुक्त इलेक्ट्रिक स्कुटरहरू नजिकबाट अनुभव गर्न पाउनेछन् । यस नयाँ विस्तारसँगै एथरको सोरुम सञ्जाल अब काठमाडौँ, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत देशका प्रमुख सहरमा पुगेको छ ।

नेपालगञ्जस्थित सेन्टरमा ग्राहकका लागि एथर ४५० र एथर रिज्टा मोडेलहरू उपलब्ध हुनेछन्, जहाँ स्कुटरको प्रविधि बुझ्न, प्रडक्ट डेमोन्स्ट्रेशन हेर्न र टेस्ट राइड गर्न सकिने सुविधा छ । सोरुम उद्घाटनको अवसरमा बोल्दै एथर नेपालका मार्केटिङ प्रमुख सलमान खानले भले भने, “हामी नेपालगञ्ज र समग्र पश्चिम नेपालका ग्राहकहरूमाझ एथरको विश्वस्तरीय प्रविधि र मोबिलिटी अनुभव साझा गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ । यो १५औँ एक्सपेरियन्स सेन्टर केवल स्कुटर बिक्री गर्ने ठाउँ मात्र होइन, बरु ग्राहकहरूलाई प्रिमियम राइडिङ, भरपर्दो चार्जिङ पूर्वाधार र उत्कृष्ट आफ्टर्स–सेल्स सपोर्ट सुनिश्चित गर्ने एउटा बलियो केन्द्र हो । नेपालभर विद्युतीय सवारीप्रतिको विश्वास बढाउन र दिगो भविष्य निर्माण गर्न हामी प्रतिबद्ध छौँ ।”

उनले यस स्कुटरमा स्मार्ट प्रविधि र बलियो वारेन्टीएथरका स्कुटरहरूमा राइडरको सहजताका लागि विभिन्न ‘स्मार्ट टेक्नोलोजी’ समावेश गरिएका छन् । म्याजिक ट्वीस्ट थ्रोटललाई हल्का उल्टो घुमाएर स्कुटरको गति कम गर्ने र ब्रेक लगाउन सक्ने प्रविधि, लामो दूरीको यात्रा सहज बनाउनका लागि स्टेडी क्रुजिङ अनुभव दिने प्रविधि, आवाजको माध्यमबाट स्कुटरसँग इन्ट्रयाक्सन गर्न सकिने सुविधा रहेका छन् ।

यसका साथै, कम्पनीले ग्राहकको विश्वास जित्न ‘एथर्स एइट७०’ ब्याट्री वारेन्टी उपलब्ध गराएको छ, जसले ब्याट्रीसम्बन्धी दीर्घकालीन विश्वसनीयता प्रदान गर्दछ । हाल नेपालभर ५० भन्दा बढी फास्ट–चार्जिङ लोकेशन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरू सञ्चालनमा छन् ।

नेपालगञ्ज सोरुमका सञ्चालक दीपेन्द्र विष्टले उद्घाटनको अवसरमा एथर नेपालले नेपालगञ्जका ग्राहकहरूका लागि विशेष ‘ओपनिङ स्कीम’ सार्वजनिक गरेको जानकारी दिए । उनका अनुसार यो योजना आगामी ३ असोजसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत ग्राहकहरूले नगद खरिदमा ८ वर्षको विस्तारित ब्याट्री वारेन्टी, किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङको सुविधा र साटासाटमा थप रु. आठ हजारको मूल्याङ्कन फाइदा दिइएको उनले बताए ।

नेपालगञ्जको नयाँ सोरुमले यस क्षेत्रका ग्राहकलाई एथरको प्रविधि, विश्वसनीयता र उत्कृष्ट चार्जिङ पूर्वाधारलाई थप नजिक पु¥याउने कम्पनीले विश्वास लिएको छ । नेपालगञ्जको सोरुम लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकासमन्त्री रत्न खत्रीले उद्घाटन गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री आदेश अग्रवाल, लगायतका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *