समाचार सारांश
- अचार पारखीका लागि कोहलपुरको पिपलचौतारामा ‘शान्ताको अचार’को नयाँ आउटलेट सञ्चालनमा आएको छ, जहाँ विभिन्न स्वादका गुणस्तरीय अचार सुपथ मूल्यमा उपलब्ध छन्।
- सञ्चालक शान्ता चौधरीले खाद्य स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राख्दै घरको स्वादमा तयार गरिएका विभिन्न परिकारका अचार बजारमा ल्याइएको बताइन्।
- आउटलेटको उद्घाटन नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य लक्ष्मण पौडेलले रिबन काटेर गरेका थिए।

कोहलपुर (बाँके) : अचारको स्वादका पारखीहरुका लागि बाँकेका कोहलपुरमा ‘शान्ताको अचार’ विक्रिबितरणका लागि आउटलेट सञ्चालनमा ल्याईएको छ ।
देश विदेशमा अचारको स्वादको लागि चर्चा बटुलेको ‘शान्ताको अचार’ कोहलपुरको पीपल चौतारा नजिकै सञ्चालनमा ल्याईएको छ । ‘शान्ताको अचार’को आउटलेट सुपथ मुल्यमा विभिन्न स्वादको गुणस्तरीय अचार पाउन सकिने छ ।
‘शान्ताको अचार’ आउटलेटमा सोमबार आफ्ना कुरा राख्दै शान्ता चौधरीले अचार उत्पादन गर्नेदेखि बजार व्यवस्थापन र खाद्य स्वच्छतालाई ध्यानमा राखेर विभिन्न स्वादमा अचार बनाई यहाँ ल्याइ पुराईएको बताईन ।
उनले भनिन –‘ घरको स्वादमा ‘शान्ताको अचार’ कोहलपुरमा आउटलेट खुली सकेको छ । विभिन्न स्वादमा गुणस्तरिय अचार तपाईको घरआगनमा लिएर आएका छौ । निश्चय पनि यसको स्वाद लिएर सुझावका अपेक्षा रखेकी छु ।’

‘शान्ताको अचार’ आउटलेटमा चिकेन अचार, फिस पिकल, बयरको अचार, अकबरे पेष्ट, अकबरे, मिक्ड अचार, तामा अचार, बफ सुकुटीको अचार, टिमुरको छोप, गुन्द्रूकको अचारलगायत थुप्रै थरिका अचार विक्रिबितरणका लागि राखिएको छ ।
कोहलपुरको पिपलचौतारामा खोलिएको आउटलेटको नेपाल उदोग बाणिज्य संघका केन्द्री सदस्य लक्षमण पौडेलले रिवन काटेर उद्घाटन गरेका थिए ।



