नेपालगञ्ज नाकाबाट इन्धन आयात घट्दा राजस्व प्रभावित

सदरलाइन संवाददाता १२ श्रावण २०८०, शुक्रबार १५:०२
 

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०७९।८० मा इन्धन आयात घटेको छ । इन्धन आयात घट्दा समग्र भन्सार सङ्कलन पनि घटेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा १५ अर्व ७७ करोड ७५ लाख रुपैयाँ मूल्यको एक लाख ३९ हजार किलोलिटर डिजेल भित्रिएको छ । यसबाट पाँच अर्ब ८३ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आव २०७८।७९ मा १७ अर्व ६९ करोड १० लाख मूल्यको एक लाख ७२ हजार २०८ किलो लिटर डिजेल भित्रिएको थियो । जस बापत ६ अर्व ९७ करोड रुपैयाँ राजस्व जम्मा भएको थियो । यसैगरी, आर्थिक वर्ष २०७९।८० मा चार अर्व ६३ करोड रुपैयाँ मूल्यको ४७ हजार ३२२ किलोलिटर पेट्रोल आयात भएको छ । जसबापत दुई अर्व ६९ करोड ९५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

आव २०७८।७९ मा पाँच अर्व १० करोड रुपैयाँ मूल्यको ५२ हजार ७७६ किलोलिटर पेट्रोल आयात भएको थियो । जस बापत तीन अर्ब राजस्व सङ्कलन भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९।८० मा चार अर्ब ६५ करोड मूल्यको एलपी ग्याँस भित्रिएबापत ८६ करोड ५८ लाख रुपैयाँ राजस्व जम्मा भएको छ । आर्थिक वर्ष २०७८।७९ मा पाँच अर्ब ३३ करोड मूल्यको एलपी ग्याँस भित्रिएबापत ९९ करोड ५५ लाख रुपैयाँ राजस्व जम्मा भएको थियो ।


आर्थिक वर्ष २०७८।७९ को तुलनामा आर्थिक वर्ष २०७९।८० मा डिजेल, पेट्रोल, एलपी ग्याँस र एटिएफको आयातमा कमी आएको छ । एटिएफको आयात घटेपनि राजस्व भने बढेको छ । आर्थिक वर्ष २०७९।८० मा ८२ लाख २९ लाख रुपैयाँ मूल्यको एटिएफ आयात हुँदा १२ करोड ४२ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७८।७९ मा ७९ करोड ६६ लाख रुपैयाँ मूल्यको एटिएफ भित्रिँदा १२ करोड ३८ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो । आर्थिक वर्ष २०७८।७९ मा आठ हजार ५२८ किलोलिटर एटिएफ भित्रिएकोमा गत आवमा सात हजार २४८ किलोलिटर भित्रिएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयमा सङ्कलन हुनेमध्ये करिब ५० प्रतिशत राजस्व इन्धन आयातबापतको हुने गरेको छ । गत आर्थिक वर्षमा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिए । यो रकम अघिल्लो आव २०७८।७९ भन्दा करिब चार अर्ब रुपैयाँ कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कानुनी अडचनका कारण जडीबुटीको निर्यात घट्यो

१२ श्रावण २०८०, शुक्रबार १५:०२
नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट तेस्रो मुलुकमा हुने जडीबुटीको निर्यात करिब ६० प्रतिशतले घटेको छ । जडीबुटी व्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार नेपाल र भारत दुबैतर्फ हुने झन्झटिलो प्रक्रिया र विभिन्न कानुनी अड्चनका कारण जडीबुटी निर्यातमा झमेला हुने गरेको छ । सङ्घको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–७९ मा तीन लाख […]