छोरी जन्मने बित्तिकै पाँच हजार रुपैयाँ खातामा

सदरलाइन संवाददाता ४ श्रावण २०८०, बिहीबार १३:४६
 

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए ।

यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन ।


‘छोरी जन्मिँदा परिवारमा खुशीयाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ’, उपाध्यक्ष डाँगीले भने । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।

कार्यक्रमबाट बालविवाह रोक्नसमेत मदत पुग्ने डाँगीको विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा सरस्वती माविका प्रधानाध्यापक मृत भेटिए

४ श्रावण २०८०, बिहीबार १३:४६
दाङ : दाङमा सुतिरहेको अवस्थामा प्रधानाध्यापकको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ७ चरकमटियामा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक ३७ बर्षीय ललित केसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिए । रोल्पाको गंगादेब गाउँपालिका १ घर भइ हाल बबई गाउँपालिका ७ […]

सम्बन्धित