बेपत्ता परिवारलाई मासिक दुई हजार भत्ता दिइँदै

सदरलाइन संवाददाता १२ बैशाख २०८०, मंगलवार १६:५२
 

बर्दिया : बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन थालेको छ ।

राजापुरका मेयर दिपेश थारुले बेपत्ता १७ जनाका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिएको जानकारी दिए । आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिँदा थोरै भए पनि राहत भएको मेयर थारुको भनाइ छ ।


राजापुर नगरपालिकाले द्वन्द्वपीडितलाई समक्ष बनाउन तालिमदेखि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपैयाँ छुट्याएको छ । प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको यो कार्यक्रमलाई तालिमसँगै भैंसी र बाख्रापालनमा खर्च गर्ने मेयर थारुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारी बाँकेको साधारणसभा १७ गते नेपालगञ्जमा हुने

१२ बैशाख २०८०, मंगलवार १६:५२
नेपालगञ्ज : प्रेस चौतारी बाँकेको साधारणसभा यही बैशाख १७ गते नेपालगञ्जमा हुने भएको छ । मंगलवार अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले नेपालगञ्ज उद्योग वाणिज्य संघको हलमा साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभाको उदघाटन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्ने छन् । साधारणसभामा बाँकेको पत्रकारिताको चुनौती र अवसर, […]