सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : प्रदेश पाँचका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शंकर पोखरेलले प्रदेश नं. ५ को आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट भाषणमा प्रदेशको बजेट सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेशसभा वैठकमा कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षको लागि ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको वजेट प्रस्तुत गरेका हुन ।
गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई रकम विनियोजन भएको छ ।
प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ ।
यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ ।
बजेटमा संसद विकास कोष समावेश गरिएको छैन । तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ । बजेटको पूर्ण पाठको लागि यसैमा राखिएको छ ।