नरैनापुरमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता

  
  प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५       | 21 Views   ||

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : नरैनापुरमा गाउँपालिकास्तरीय एक दिने अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता गरिएको छ । वडा नम्बर ४ जयरामपुर्वामा शुक्रवार भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा गाउँपालिकाका २० वटा सामुदायिक विद्यालयका २ सय ६९ विद्यार्थी सहभागी थिए । गाउँपालिकाको शिक्षा इकाई शाखाले आयोजना गरेको प्रतियोगितामा ८ वटा खेल र विविध साँस्कृतिक कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।


प्रतियोगितामा तातो आलु, ५० मिटर दौड, १ सय मिटर दौड, गणित दौड, हिज्जे, हाजिरी जवाफ, कबड्डी र रिले दौड गरिएको शिक्षा इकाई प्रमुख त्रिलोकीनाथ मौर्यले बताए । गाउँपालिका अध्यक्ष शाहले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलामा अग्रसर गराई उनीहरुको बौद्धिक, शारीरिक र मानसिक विकास गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए ।
प्रतियोगितामा बिजयी छात्रछात्रालाई अध्यक्ष शाहले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा सम्वद्ध विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     3:37:01 PM  |