२०८३ असोज २३ , शुक्रबार
Sadarline
२०८३ असोज २३ , शुक्रबार

साढे ३२ किलोबढी गाँजासहित रामनरेश प्रहरीको नियन्त्रणमा



नेपालगञ्ज : बाँके प्रहरीले ३२ किलो ५ सय २० ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बाँके डुडुवा गाउपालिका वडानं. १ पिपरहवा स्थित प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी टोलिले गस्ती गर्ने क्रममा सोही ठाँउबस्ने वर्ष ४० को रामनरेश कुर्मीका साथबाट १० किलो २ सय २० ग्राम गाँजा बरामद गरेको हो ।

प्रहरीले रामनरेशले चलाएको साईकललाई रोकी जाँचगर्ने क्रममा उक्त साईकल पछाडी रहेको स्याउला/घाँस भित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा जस्तो देखिने पदार्थ तौल गर्दा १० किलो २ सय २० ग्राम बरामद गरी निजलाई साथमा लिई निजको घरकोठा तथा खेतबारी खानतलासी गर्दा निजको खेतमा थुप्रो पारी राखेको २२ किलो ३सय ग्राम (जम्मा ३२ किलो ५ सय २० ग्राम) लागू औषध गाँजा बरामद गरेको जनाएको छ ।

प्रहरी नियन्ञणमा रहेको रामनरेशलाई आवश्यक अनुसंधानका लागि बाँके जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा दिन सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरद्वारा विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार
ताजा समाचार