लुम्बिनी यात्रीज र रोल्पा गोरिल्लाज विजयी

५ बैशाख २०७५, बुधबार १९:२९
 

सदरलाइनडटकम 
५ बैशाख, कोहलपुर (बाँके) :  कोहलपुरमा जारी ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा एबरोल टीमटी लुम्बिनी यात्रीज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले जित हासिल गरेका छन् ।
बुधवार भएको पहिलो खेलमा एबरोल टिएमटि लुम्बिनी यात्रीजले एनआईसि एसिया दंगाली गोर्खाज माथि ३ विकेटको जित हासिल गरेको हो । यो उसको दोस्रो जित हो ।
लुम्बिनी यात्रीजले टस जितेर पहिले फिल्डीङ्ग रोजेको थियो । पहिलो ब्याटिंङ्ग गर्ने निम्तो पाएको दंगाली गोर्खाजको राम्रो सुरुवात रहेन । निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १०७ रन बनाएको थियो जस्का लागि दंगाली गोर्खाजका कप्तान अमरसिंह रौटेलाले सर्वाधिक २६ रन र उपकप्तान विनायक गिरिले २४ रन बनाएका थिए । लुम्बिनी यात्रीजका लागि सुनिल सुनार र निजामुद्दिन अन्सारीले समान २ विकेट लिए ।
१०८ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको लुम्बिनी यात्रीजको पनि सुरवाती क्रमका ब्याट्सम्यान चल्न नसके पनि छैठौ नम्बरमा आएका बासिर अहमदले ३० बल खेल्दै ३५ रन जोडे भने कप्तान कृष्ण कार्कीले २२ रन जोडे ।
दंगाली गोर्खाजका लागि अमरसिंह रौटेला, सुनिल सुनार र शाहिद अन्सारीको नाममा २–२ विकेट चडेकोे थियो । १८.५ ओभरमा ७ विकेट गुमाउदै लुम्बिनी यात्रीजले नेपालगन्ज कपको अंक तालिकामा २ जितसंगै माथि उक्लेको छ । सो खेलमा लुम्बिनी यात्रीजका बासिर अहमद म्यानअफद म्याच घोषित भए ।
त्यस्तै बुधवार नै भएको दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले अर्घाखाची सिमेन्ट्स बर्दिया टाईर्गसलाई २१ रनले पछाडि  पार्दै  जित  हासिल  गरेको छ । टस जितेर रोल्पा गोरिल्लाजले पहिले ब्याटींङ्ग रोजेको थियो ।
रोल्पाका लागि ओपनर शेर ओलीे र कप्तान सौरभ खनालले राम्रो सुरुवात गरे । कप्तान सौरभ खनालले २० रन र शेर ओलीले २४ रन बनाए । त्यस्तै रोल्पाका उप कप्तान सम्मसुद्दिन अन्सारीले खेलको पारी सम्हाल्दै ३२ बलमा ३२ रन बनाएका थिए भने चौथो नम्बरमा आएका भिम सार्कीले पनि २२ बल खेल्दै २९ रन बनाएका थिए । बर्दिया टाईर्गसका लागि आकाश विष्टले २ विकेट लिए भने नासिर अन्सारी र हसन खानको नाममा १,१ विकेट रह्यो ।
२० ओभर खेल्दै ६ विकेटको क्षतिमा रोल्पा गोरिल्लाजले १२४ रन बनाएको थियो । प्रतिउत्तरमा १२५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको बर्दिया टाईर्गसका लागि सुखद सुरुवात रहे पनि कप्तान सुवेन्दु पाण्डेको २१ रन र राजवीर सिंहको २८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
खेलमा जित दिलाउन पप्पु कन्सट्रक्सनका विनोद लामा र मेराज अन्सारीको नाममा २ विकेट रहयो । म्यानअफ द म्याच रोल्पा गोरिल्लाजका २९ रन,एक क्याच लिन सफल भिम सार्की घोषिच भए । त्यस्तै विहीवार हुने खेलमा पहिलो खेल पाल्पा योद्याज र बर्दिया टाईर्गस, दोस्रो खेल बाँंके ब्लास्टर र रोल्पा गोरिल्लाज बीच हुने प्रतियोगिताका डाईरेक्टर सौगात विक्रम शाहले जानकारी दिए ।
प्रतियोगिताको विजेताले एक लाख दस हजार तथा उप विजेताले साठी हजार पाउने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले जानकारी दिए ।


 

Next Post

तक्षशिला एकेडमीको पौडिपोखरी उद्दघाटन

५ बैशाख २०७५, बुधबार १९:२९
सदरलाइनडटकम ५ बैशाख, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमी बाँकेको परिसरमा निर्माण भएको पौडी पोखरीको एक समारोहका बीचमा उद्द्घाटन गरिएको छ । बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले पौडिपोखरीको मुल ढोकाको रिबन काटेर उद्दघाटन गरेका हुन ।  माध्यामिक तहका स्टेण्डर्डको सो पौडिपोखरी विद्यार्थीको शाररीक, मानसिक विकाससंगै विद्यालय […]