२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्लोगन, लोगो, गीत र मस्कट सार्वजनिक



सदरलाइनडटकम
८ फागुन नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयार पारिएको लोगो, मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ । आगामी मंसिरमा नेपालगन्जमा आयोजना गरिने सो प्रतियोगिताको महत्वपूर्ण पाइलाका रुपमा लोगो, गीत, मस्कट र नारालाई सार्वजनिक गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रतियोगिताको पहिचानका लागि निर्माण गरिएको लोगो र जनावरको चित्र अंकित मस्कट सार्वजनिक गरेका थिए ।
उनले प्रतियोगिता तयारीका विषयमा यसअघि विभिन्न प्रतियोगिताहरु समेत मिशनका रुपमा सञ्चालन गरेको भन्दै महत्वपूर्ण कडीका रुपमा रहेको लोगो र मस्कट पनि मंगलबार सार्वजनिक गरिएको उल्लेख गरे ।
सातौं राष्ट्रिय प्रतियोगितामा कृष्णसारलाई मस्कट बनाएकोमा यसवर्ष यसिया कै ऐतिहासिक हात्तिको सम्मानमा हात्तिको छावालाई मस्कटका रुपमा राखिएको र हात्तिको छावाले ओलम्पीक दिप समाउँदै दौडिरहेको मस्कटले समग्र मधयपश्चिम क्षेत्रको पहिचानको काम गरेको आयोजकले जनाएको छ ।
बर्दियामा रहेको एसियाकै ठूलो हात्तिको पहिचान गराउन र खेलकुदमा माध्यमबाट संरक्षणका लागि मस्कटमा हात्तिको छावा चित्र अंकित गरिएको हो । यस्तै, लोगोमा नेपालको राष्ट्रिय झण्डा, स्वयंम्भुका आँखा, बौद्ध जन्मस्थल लुम्वेनी, बर्दिया राष्ट्रिय निकुन्जको गेट, सातवटा प्रदेशका प्रतिकका रुपमा सात रंगका प्वाख सहितको परेवा रहेको छ ।
सदस्य  सचिव विष्टले यस प्रतियोगिताले नेपालगन्जलाई स्पोर्टस् सिटीका रुपमा पहिचान दिलाउने विश्वास व्यक्त गरे । ‘यो प्रतियोगिता मध्यपश्चिम क्षेत्रकै ऐतिहासिक कडी हो, यसलाई भव्य तरिकाले सम्पन्न गर्नेछौं,’ उनले भने, ‘छैठौं प्रतियोगितापछि सुदुरपश्चिमको खेल जगत मौलाएको थियो, आठौंपछि मध्यपश्चिम पनि खेल क्षेत्रमा निकै अब्बल सावित हुनेछ ।’


उनले खेलक्षेत्रको विकासका लागि स्थानीय सरकादेखि केन्द्रीय सरकार गम्भीर नभएसम्म पहिचान स्थापीत बनाउँन कठिनाई रहेको दाबी गरे । ‘जति सुकै योजना बनाएपनि खेल क्षेत्रलाई उपेक्षा गरिएको देखिएको छ,’ उनले भने, ‘खेलकुदको विकास बिना राष्ट्रले अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापीत गराउने सम्भावना नै हुँदैन, प्रविधिमा सम्पन्नशाली राष्ट्र अगाडि गौरव स्थापीत गर्ने सबैभन्दा सहज र दिर्घकालिन लक्ष्य भनेकै खेले हो ।’
सो प्रतियोगितामा ३५ खेल समावेश गर्ने जसमध्ये ४ खेल बर्दिया, ७ खेल दाङ्गमा हुने र बाँकी खेल नेपालगन्जमै हुने गरी तयारी अघि बढाएको तयारी समितिका संयोजक बिनोद मैनालीले जानकारी दिए ।
‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ नेपालगन्जमा आयोजना हुने आयोजक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए ।   

प्रकाशित मिति : २०७४ फागुन ८ गते मंगलबार
ताजा समाचार