आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताको मस्कटमा हात्तीको छावा

१२ भाद्र २०७४, सोमबार २१:३७
 

सदरलाइनडटकम
१२ भदौ, नेपालगन्ज : २०७५ पुसमा नेपालगन्जमा आयोजना हुने आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताको मस्कटको रुपमा हात्तिको छावा हुने भएको छ ।
युवा तथा खेलकूद मन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सो प्रतियोगिताको सचिवालयमा आयोजित सर्वपक्षिय बैठकमा मन्त्री केसीले सो मस्कट सार्वजनिक गरेका हुन ।
यस अघि नेपालगन्जमा नै बसेको बैठकले मस्कटको विषयमा टुंगो लगाएको थियो । २०७५ पुसमा आयोजना गरिने सो प्रतियोगिताको लागि मस्कटको रुपमा हात्तीको बच्चा (छावा) रहने निर्णय गरेको थियो ।
मन्त्री केसीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हात्तीको बच्चा (छावा ) लाई मस्कटको रुपमा चयन गरिएको घोषणा गर्दै मन्त्रालयले प्रतियोगिताका लागि आवश्यक बजेट समयमा उपलव्ध गराउने विश्वास दिलाउदै भौतिक पूर्वाधार निर्माणका काम समयमा सक्नु ठूलो चुनौतिका रुपमा हुने भएकाले त्यसतर्पm सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।
उनले रकमका कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारका काम नरोकिने प्रतिबद्धता जनाए । प्रतियोगिता संचालन हुने स्थानका समुदाय, स्थानीय निकाय, प्रशासनिक निकाय, सामाजिक तथा पेशागत संघ, संगठनले अपनत्व ग्रहण गर्न सक्नु पर्ने उल्लेख गर्दै मन्त्री केसीले खेल पदाधिकारीले आ—आप्mनो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नेमा आफु ढुक्क भएको विश्वास व्यक्त गरे ।
बैठकमा राखेप सदस्य—सचिव विष्टले प्रतियोगिता तयारीका लागि हालसम्म भएका कार्य सम्पदनका विषयमा जानकारी गराउदै प्रतियोगिता संचालनका लागि रु ३५ करोड र भौतिक पूर्वाधार पुर्ननिर्माणका लागि रु ७० करोड गरि कुल १ करोड ५ लाख रुपैया खर्च हुने बताए । उनका अनुसार, आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगन्ज, बर्दिया, सुर्खेत र दाङ्ग जिल्लामा संचालन गर्ने गरी आवश्यक तयारी थालिएको छ ।
राष्ट्रिय खेलकूद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालको अध्यक्षतामा बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी, राखेपका सदस्य—सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतनकुमार टंडन, बाँके कांग्रेसकी सभापति किरण कोईराला, नेपालगन्जकी उपमेयर उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी र खेल पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसैबीच, मन्त्री केसीले बाँके जिल्लाको कोहलपुर क्रिकेट खेल मैदान, नेपालगन्ज रंगशालामा निर्माण भइरहेको सुटिङ्ग रेन्ज, पौडी पोखरी र भारोत्तोलन एकेडमी र बर्दिया गुलरियास्थित कवर्ड हल र खेल मैदानको पनि अवलोकन गरेका थिए । त्यस अवसरमा मन्त्री केसीलाई क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली र उपाध्यक्ष नरेन्द्र थापाले ती निर्माणाधिन संरचनाको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीले निम्त्याएको बिन्तीरामको दुख टाउको ओतलाग्ने छाप्रो कसरी बनाउने चिन्ता

१२ भाद्र २०७४, सोमबार २१:३७
सदरलाइनडटकम   १३ भदौ, नेपालगन्ज : जाँहा पातलो त्यही प्वाल पर्ने रैछ के गर्ने जसो तसो बाँचियो अब एक तरो पानी र घाम छेक्ने छाप्रो कसरी बनाउने होला चिन्ताले सताएको छ । शाररिक रुपले अशक्त बाँके राप्ती सोनारी गाउपालिका वडा नं. ६ महेमानपुर का ५० वर्षिय बिन्तिराम चौधरीले गुनासो गरे । […]