चौथो कोहलपुर गोल्डकप : नेपाल पुलिस क्लब फाइनल प्रवेश

सदरलाइन संवाददाता २४ बैशाख २०८३, बिहीबार २०:०१
 
समाचार सारांश
Generated Using AI
  • कोहलपुर गोल्डकप–२०८३ को फाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।
  • पुलिसले सेमिफाइनलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो ।
  • अब फाइनलमा नेपाल पुलिस क्लबले आयोजक कोहलपुर रेसिङ साहारा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा विभागीय टिम नेपाल पुलिस क्लब फाइलनमा प्रवेश गरेको छ ।

विहीबार कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो ।

निकै रोमाञ्चक खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन सकेन । कोहलपुर गोल्डकपको जारी संस्करणमा कुनै पनि खेलको पेनाल्टीमार्फत नतिजा निकालेको यो नै पहिलो खेल हो । पेनाल्टीमा जित हासिल गर्दै नेपाल पुलिस क्लबले फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरसँगको फाईनलमा भेट पक्का गरेको हो ।

पेनाल्टीमा नेपाल पुलिस क्लबका पाँचैजना खेलाडीले गोल गरे । नेपाल पुलिस क्लबका लागि पेनाल्टीमा नेपाल पुलिस क्लबका पुलिसका कप्तान राम बगाले, अनिल टमाटा,सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले गोल गरे ।


यसैगरी कर्णालीका लागि करण शाही, दिवश विसी र बिक्रम अलीले गोल गर्दा कप्तान सुदन विश्वकर्माले गोल गर्न सकेनन् । बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई पराजित गर्दै आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर गोल्डकपको फाइनल प्रवेश गरेको थियो ।

कोहलपुर रेसिङ साहारा क्लबले लालीगुराँगलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अब फाइनलमा उपाधिका लागि वैशाख २६ गते कोहलपुर रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । प्रतियोगितामा आठ टिम सहभागी थिए ।

प्रतियोगिताको उपाधि जित्ने टिमले आठ रुपैयाँ,उपाधि शिल्ड र ट्रफी प्राप्त गर्नेछन् । उपविजेतालाई चार लाख रुपैयाँ, शिल्ड र ट्रफी प्र्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो कोहलपुर गोल्डकप वैशाख १९ गते सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२४ बैशाख २०८३, बिहीबार २०:०१
समाचार सारांश Generated Using AI कोहलपुर गोल्डकप–२०८३ को फाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।पुलिसले सेमिफाइनलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो ।अब फाइनलमा नेपाल पुलिस क्लबले आयोजक कोहलपुर रेसिङ साहारा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यो सारांश AI द्वारा सिर्जना गरिएको […]