२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

प्रहरी प्रधान कार्यालयको असोज महिनाको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रथम, बाँके दास्रो र काठमाण्डौ तेस्रोमा



नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय रूपन्देही असोज महिनामा प्रथम स्थान प्राप्त गरेको प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित गरिने मासिक रिपोर्ट कार्डमा उल्लेख गरिएको छ ।

मासिक रिर्पोटमा जिल्ला प्रहरी कार्यालय बाँके द्वितीय र काठमाडौँ प्रहरी परिसर तृतीय स्थानमा रहेका छन् । हरेक महिना प्रहरीका विभिन्न प्रहरी कार्यालयहरूको कार्यसम्पादनको आधारमा नतिजा प्रकाशन गर्ने गरिन्छ ।

यसरी प्रत्येक महिना कार्यसम्पादनको नतिजा प्रकाशित गर्दा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई काम गर्नुपर्ने बाध्यात्मक परिस्थिती हुने र विभिन्न सूचकहरूको आधारमा जसले बढी नम्बर ल्याउँछ त्यही जिल्लालाई प्रथम स्थान दिने गरिन्छ ।

नेपालभरका ७७ जिल्लालाई क ख ग घ र ङ गरी पाँच श्रेणीमा विभाजन गरिएको छ । प्रदेश प्रहरी कार्यालयहरू मध्ये लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रथम स्थान हासिल गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक जनकबहादुर शाही कार्यालय प्रमुखको रूपमा कार्यरत छन् भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्री कार्यालय प्रमुख छन् ।

यसअघि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित गरि कार्यालय प्रमुख प्रहरी उपरिक्षक शाहीलाई प्रहरी दिवसको अवसरमा गत असोज ३० गते पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक ७ गते शुक्रबार
ताजा समाचार