
अजमत अली सिद्दिकी
नेपालगञ्ज : बाँकेमा बडा दशैका लागि जिल्लाका विभिन्न स्थानमा स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती आज एकादशीको दिन कडा सुरक्षाका बीचमा नगर परिक्रमा गराई राप्तीनदी तथा मानखोलामा विर्षजन गरिएको छ ।
बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दशैमा स्थापना गरिएका करिव ४ सय बढी मुर्ती बिर्शजन गरिएको हो । कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएको यस्ता मुर्ती मानखोलामा विषर्जन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले बाँकेमा स्थापना गरिएका करिव ४ सय दुर्गा भगवतीका मूर्तीहरु शान्तिपूर्वक गरिएको जनाकारी दिए । उनले बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, नेपालगञ्ज, जानकी, डुडुवा, राप्तीसोनारी र नरैनापुरमा स्थापना गरिएका मूर्ती शन्तिपूर्वक विर्षजन गरिएको बताए ।
उनले मुर्ती विषर्जन गर्नको लागि सुरक्षा प्रबन्ध मिलाउन १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको जानकारी दिए । उनले मूर्ती विर्षजनमा कुनै पनि अबरोध तथा अपृय घटना हुन नदिन पूर्ण तयारीका साथ टोली तैनाथ गरिएको बताए ।
यसैबीच मूति विर्षजनका क्रममा कुनै पनि अपृय घटना नभएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अंगुर जोशीले जानकारी दिए ।







प्रतिक्रिया दिनुहोस्