कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियालीको जित

सदरलाइन संवाददाता २१ बैशाख २०८३, सोमबार १३:२५
 
समाचार सारांश
Generated Using AI
  • कोहलपुर गोल्डकप को दोस्रो खेलमा Just Zone FC ले Royal Football Club लाई ४–२ ले हरायो।
  • हम्जात डिमोला सहित जस्ट जोनका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरे।
  • प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर (बाँके) : कोहलपुरमा जारी चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया) ले रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले हराउँदै विजयी यात्रा सुरु गरेको छ ।

२० गतेको खेल वर्षाले स्थगित हुँदा जस्ट जोन एफसी (नाइजेरिया) १–० गोलले अघि थियो । २९ औँ मिनेटमा जस्ट जोन एफसीका जर्सी नम्बर ९ का हम्जात डिमोलाले गोल गरेका थिए । २१ गते विहान भएको खेलमा ४–२ गोल अन्तरले जस्ट जोन एफसी (नाइजेरिया) ले जित हासिल गरेको हो ।

जस्ट जोन एफसी (नाइजेरिया) लाई जिताउन दोस्रो हाफको ४७औँ मिनेटमा जर्सी नम्बर १० अब्दुल्लाजीजले गोल गर्दै २–० गोलको अग्रता दिलाएको केही मिनेटमै ४९औँ मिनेटमा रोयल फुटबल क्लब (कर्णाली) का जर्सी नम्बर ७ का सन्दिप देउवाले जवाफी गोल फर्काए ।


खेलको ५२औँ मिनेटमा जस्ट जोन एफसी (नाइजेरिया) का जर्सी नम्बर २९ का ओवालाही अफिजले गोल अन्तर ३–१ मा पु¥याए । ५५औँ मिनेटमा गोल गर्दै रोयल फुटबल क्लब (कर्णाली) का जर्सी नम्बर ७७ का विक्रम ओलीले गरेपछि गोल अन्तर ३–२ बन्यो । खेलको अन्तिम तिर ९० मिनेटमा गोल गर्दै जस्ट जोन एफसी (नाइजेरिया) का जर्सी नम्बर २७ का ताजुदिन एडीले जित सुनिश्चित गराए ।

खेलको म्यान अफ द म्याच बनेका जस्ट जोन एफसी (नाइजेरिया) हम्जात डिमोलाले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ द म्याच लुम्बिनी खेलकुद परिषद् सदस्य जनक केसी, कोहलपुर डेन्टल हस्पिटलका प्रबन्धक गजेन्द्र शाही र कोहलपुर गोल्डकपका अतिथि सत्कार संयोजक प्रकाश खड्काले संयुक्त रुपमा वितरण गरेका थिए ।

गोल्डकपको पहिलो दिनको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । २६ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *