सिक्टा नहरको पानीले राप्तीसोनारी जबरपुरका किसानले यसवर्ष चैते धान खेती गर्दै

सदरलाइन संवाददाता १४ बैशाख २०८३, सोमबार १४:३३
 
समाचार सारांश
Generated Using AI
  • राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी उपलब्ध भएपछि बाँकेको राप्तीसोनारी क्षेत्रमा किसानले परीक्षणका रूपमा चैते धान खेती सुरु गरेका छन्।
  • पहिले वर्षामा मात्र निर्भर खेती हुने भए पनि अहिले नियमित सिँचाइका कारण वर्षभरि धान, गहुँ, मकै र तरकारी उत्पादन गर्न सम्भव भएको किसानहरूको भनाइ छ।
  • यस वर्ष करिब १५ हेक्टरमा चैते धान खेती गरिएको छ, जसले किसानको उत्पादन र जीवनस्तरमा सुधार ल्याउन थालेको देखिन्छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

राप्तीसोनारी (बाँके) :  राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पूर्वि नहरबाट छाडिएको पानीको प्रयोगले बाँके राप्तीसोनारी वडानं ५ जबरपुरका किसानले यसवर्ष परिक्षणका लागि चैते धान खेती गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पूर्वि नहरबाट नियमित पानी उपलब्ध हुन थालेपछि बाँकेको राप्तीसोनारी वडानं ३ देखि ७ का किसानले परिक्षणकारुपमा चैते धान खेती सुरु गरेका हुन् ।

राप्तीसोनारी–५ जबरपुरका रामकुमार चौधरीेले सिक्टा सिचाईले नियमति पानी दिन थालेपछि यो वर्ष परिक्षणको रुपमा चैते धान रोपेको बताए । उनले भने–‘ पहिला खेती लाउन आकासको भर पर्नु पथ्र्यो ३ वर्ष जति भयो सिक्टाको नहरबाट पानी आउन थाल्यो अहिले भने जताततै पानी पुगेको छ । खेती लाउन पनि सहज भएको छ ।’

राप्तीसोनारी–५ जबरपुरकै अर्का किसान राजकुमार थारुले पनि यो वर्ष परिक्षणका रुपमा चैते धान रोपेको बताए । पहिला मुस्किलले दुई खेती हुने ठाँउमा अहिले सिक्टा सिचाईबाट नियमित पानी आउन थालेपछि आफुहरुको जीवनस्तर नै फेरिएको उनको दावी छ ।

‘पहिला हामीलाई बर्षभरीको खेतीले खान पनि पुग्दैथ्यो, अहिले केही वर्ष भयो खान पुगेर पनि बेच्ने गरेका छौ’–उनले भने–‘पहिला खेतीको लागि सिचाईको पानी थिएन जग्गा धेरै जस्तो लाग्थ्यो अहिले सिक्टाको पानी सिचाईको लागि नियमित आउन थालेपछि खेती गर्ने जग्गा थोरै भयो जस्तो लाग्छ ।’


राप्तीसानारी –५ जबरपुरका किसान मत्रै होईन पूर्वी नहर आसपासका किसानले आफ्नो खेतबारी बाह्रै महिना खेती गर्न थालेको छन । धान रोपेर गहुँ गहु काटेर बसन्ते मकै, चैते धान, बैमौमी तरकारीको खेती गर्न थालेका छन् ।

बाँकेमा चैतेधान खेति केही वर्षयता फाट्टफुट्ट हुने गरेको कृषि ज्ञानकेन्द्र बाँकेको कार्यालय प्रमुख तथा कृषि अर्थनिर्देशक डा. बिनोद घिमिरेले जानकारी दिए । उनले सिक्टा नहरको आसपासमा यो वर्ष बाँकेमा किसानले करिव १५ हेक्टर मा चैते धान खेती गरेको बताए ।

सिचाईको अभावमा बाँकेमा आकाशे पानीको भरमा खेती गरिदै आएको थियो । यसैक्रमा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाले नहर निर्माणकै क्रममा छाडेको पानीको प्रयोगले यहाँका किसानलाई तीन खेतिगर्न सहज हुँदै यहाँको जनजीवन फेरीन थालेको छं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कम्युनिस्ट आन्दोलन जबजको मार्गदर्शनमा सशक्त ढङ्गले अघि बढेको छः पूर्वराष्ट्रपति भण्डारी

१४ बैशाख २०८३, सोमबार १४:३३
समाचार सारांश Generated Using AI राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी उपलब्ध भएपछि बाँकेको राप्तीसोनारी क्षेत्रमा किसानले परीक्षणका रूपमा चैते धान खेती सुरु गरेका छन्।पहिले वर्षामा मात्र निर्भर खेती हुने भए पनि अहिले नियमित सिँचाइका कारण वर्षभरि धान, गहुँ, मकै र तरकारी उत्पादन गर्न सम्भव भएको किसानहरूको भनाइ […]

ताजा अपडेट