बाँकेमा ८४ प्रतिशत रोपाई सम्पन्न

सदरलाइन संवाददाता ११ श्रावण २०८३, सोमबार १८:३०
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा हालसम्म करिब ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, ढिलो वर्षा सुरु भएकाले यस वर्ष रोपाइँ गत वर्षभन्दा केही ढिलो भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
  • नियमित वर्षापछि रोपाइँ तीव्र बनेको छ भने नरैनापुरमा सबैभन्दा कम (५५%) र राप्तीसोनारीमा सबैभन्दा बढी धान रोपाइँ भएको छ।
  • सिक्टा सिँचाइ आयोजनाको नहर र भूमिगत पानीको प्रयोगले रोपाइँमा सहजता पुगेको छ, जहाँ जिल्लाका ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेमा हालसम्म करिव ८४ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । ढिलोगरी वर्षा भएको कारण यो वर्ष रोपाईमा ढिलाई भएको हो । गत वर्ष यो समयसम्म जिल्लामा धान रोपाइँ सम्पन्न भइसकेको थियो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख कृषि अर्थविज्ञ डा विनोद घिमिरेले पछिल्लो समयमा निरन्तर बर्षा भएपछि रोपाइँ तिव्र गतिमा भएकोले हालसम्म जिल्लामा ८४ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको जनाए । उनले गत वर्ष यति बेलासम्म रोपाइँ सकिएको जनाउँदै यस पटक बर्षा ढिलो शुरु भएकोले रोपाइँ सम्पन्न हुन अझै केही दिन लाग्ने बताए ।

कृषि अर्थविज्ञ डा घिमिरेले असार १५ गते धान दिवस मनाइरहँदा ०.५ प्रतिशत मात्रै रोपाइँ भएको यो जिल्लामा पछिल्लो समयमा बर्षा नियमित भएकोले तिव्र गतिमा रोपाइँ भएर लगभग ८४ प्रतिशत पुगेको बताए ।

नरैनापुर गाउँपालिका क्षेत्रमा सबैभन्दा कम रोपाइँ भएको जानकारी आएको जनाउँदै उनँले नरैनापुरमा हालसम्म ५५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारी आएको बताए ।


बर्षा ढिलोगरि शुरु भएकोले नरैनापुरमा रोपाइँ सुस्त गतिमा भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको छ भने अन्य पालिकाहरुमा पनि रोपाइँ राम्रो भएको छ ।

पानीको अभावले असारको दोस्रो सातापछि जिल्लामा सुरु गरिएको रोपाइँ विभिन्न स्थानमा अझैपनि जारी रहेको छ । सिक्टा सिँचाइ आयोजनाको नहर र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गर्ने किसानको संख्या धेरै रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सिक्टा सिँचाइ आयोजनाको पूर्वि र पश्चिमी मूल नहर तथा शाखा प्रशाखा नहरहरुबाट २५ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले जिल्लामा धान रोपाइँ सहज र सरल भएको छ ।

बाँके जिल्लाका अधिकांश किसानले राधा चार मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दै आएका छन् । बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको दुई पालिकाका आधारभूत विद्यालयका गणित विषयका शिक्षकलाई गणित शिक्षण पुनरताजगी तालिम

११ श्रावण २०८३, सोमबार १८:३०
समाचार सारांश Generated Using AI बाँकेमा हालसम्म करिब ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, ढिलो वर्षा सुरु भएकाले यस वर्ष रोपाइँ गत वर्षभन्दा केही ढिलो भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।नियमित वर्षापछि रोपाइँ तीव्र बनेको छ भने नरैनापुरमा सबैभन्दा कम (५५%) र राप्तीसोनारीमा सबैभन्दा बढी धान रोपाइँ भएको […]