Sadarline
२०८३ असोज २९ , बिहीबार

उर्जा जलस्रोत तथा सिचाई मन्त्री श्रेष्ठसहितको टोलीद्वारा सिक्टालगायतको आयोजनाको स्थलगत अवलोकन



नेपालगञ्ज : नेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाई मन्त्री बिराज भक्त श्रेष्ठ सहितको मन्त्रालयको उच्चस्तरिय टोलीले  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेसमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अवलोकन गरि आयोजनाहरुको अवस्थाको जानकारी लिएको छ ।

यसक्रममा उनको टिम कर्णालीको भेरी–बबई डाईभर्सन, बाँकेको सिक्टा सिचाई आयोजना, बर्दियाको बबई सिचाई अयोजना, सुदूर पश्चिमको रानिजमरा सिचाई आयोजनाको स्थलगत अनुगमन गरी आयोजनाको अवस्थाको बारेमा जानकारी लिएको हो ।

उर्जा जलस्रोत तथा सिचाई मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव सरिता दवाडी, जलस्रोत तथा सिचाई बिभाग महानिर्देशक मित्र बरालसहितको टोलीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेसमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अवलोकन गरि आयोजनाहरुको अवस्थाको जानकारी लिएको छ ।

मन्त्री श्रेष्ठले सिक्टा सिचाई आयोजनाको स्थलगत अनुगमनको क्रममा बाँकेका किसानको समस्याको बारेमा बुझ्न पाएको र सिक्टा सिचाईबाट किसानको उत्पादन बृद्धि भएपनि बजारिकणमा देखिएको समस्या हलगर्न प्रयासगर्ने प्रतिबद्धता जनाए ।

‘हामी सिक्टाको कार्यप्रगति र आगामी कार्ययोजनाबाट उत्साहीत बनेका छौ । खासगरी सिक्टाले २ वर्षमा सम्पन्न गर्ने र आगामी योजनाका बारेमा जानकारी पायौ, र उपभोक्ता किसान पनि उत्साहित भएको पाईयो’–उनले भने ।

यसैगरी उहाँले बबई सिचाई आयोजनाका उपभोक्ता किसानसंग पनि आयोजनाको बारेमा छलफल गरेका थिए । छलफलका क्रममा भेरी बबई डाईभर्सनबाट पानी छिटो छरितो उपलब्ध गराउन माग आएको मन्त्री श्रेष्ठले बताए ।

उनले भने–‘ हामी किसानको माग अनुसार भेरी बबई डाईभर्सनबाट पानी छिटो छरितो उपलब्ध गराउने गरि तयारी अघिबढाएका छौ । यसकालागि राष्ट्रिय गौरवका आयोजनामा बजेटपनि पहिलाको भन्दा बढी विनियोजित गरि पठाएका छौ ।’

यस अघि सिक्टा सिचाई आयोजनाका अयोजना प्रमुख राजु आचार्य र बबई सिचाई आयोजनाका प्रमुख गोपाल शर्माले आ–आफनो आयोजनाको कर्यप्रगतिको प्रस्तुतीकरण गरेका थिए । सो टोलीमा मन्त्रालयका सचिव दवाडी, जलस्रोत तथा सिचाई बिभाग महानिर्देशक बराल, मन्त्री श्रेष्ठको सचिवालयको विज्ञ सहितको टिम रहेको थियो ।

 

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार
ताजा समाचार