ताजिया ल्याईयो ! ईस्लाम धर्मावलम्बीहरुको मोहर्रमको पर्वमा घर घरमा स्थापना गर्नको लागि ल्याईएको ताजिया गन्तब्य तर्फ लैजादै । मोहर्रमको नौ तारिकको दिन साँझ घरघरमा ताजिया स्थापना गरि १० तारिकको दिउसो नजिकको करवलामा विशर्षजन गरिन्छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाती ईमामे हुसेनको सम्झनामा यो ताजिया स्थापना गर्ने चलन छ । ताजिया ईस्लाम धर्मावलम्बीका साथै हिन्दू समुदायले पनि स्थापना गर्ने गरिन्छ । फोटो :रुद्र सुवेदी/ सदरलाइनडटकम