अन्तर्राष्ट्रिय पत्रकारको टोलीलाई बाबा पातालेश्वर नाथ मन्दिरको गुठी समितिद्वारा सम्मान

सदरलाइन संवाददाता ४ आश्विन २०८३, आईतवार ००:३६
 
समाचार सारांश
Generated Using AI
  • १५ सदस्यीय अन्तर्राष्ट्रिय पत्रकार टोलीले हाजीपुरस्थित ऐतिहासिक बाबा पातालेश्वर नाथ मन्दिरको भ्रमण तथा अवलोकन गरेको छ।
  • मन्दिर गुठी समितिले टोलीलाई अंगवस्त्र, फूल, पुस्तक तथा स्मृतिचिह्न प्रदान गरी सम्मान गरेको छ।
  • पत्रकारहरूले नेपाल–भारतबीच सांस्कृतिक संवाद, सद्भाव र मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताए।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।


हाजीपुर (बिहार) :  अन्तर्राष्ट्रिय पत्रकारहरूको १५ सदस्यीय टोलीले बिहारको हाजीपुर सहरस्थित प्रसिद्ध तथा ऐतिहासिक बाबा पातालेश्वर नाथ मन्दिरको भ्रमण गर्नुका साथै मन्दिर परिसरको अवलोकन गरेका छन् ।

सार्क जर्नलिस्ट फोरम इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको नेतृत्वमा रहेको सो टोलीलाई मन्दिर गुठी समितिका अध्यक्ष र सचिवलगायतका पदाधिकारी तथा सदस्यहरूले भ्रमणमा आएका पत्रकारहरूलाई स्वागत गरेका थिए ।

टोलिमा सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टर कन्भेनर रुद्र सुवेदी, सा.ह कन्भेनर मो आरिफ अन्सारी, सार्क जर्नलिस्ट फोरम इन्टरनेसनल बिहार च्याप्टरका अध्यक्ष डा. शशि भूषण कुमार, सार्क जर्नलिस्ट फोरम नेपाल मधेश च्याप्टर संयोजक मो सादाब मलिक, सदस्यहरु अभिलाष गुप्ता, पवन शाह, अरुण कलवार, अजमत अली रमेश कुमाल, सुशील कुमार खड्कालगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

मन्दिर गुठी समितिले यस अवसरमा अतिथिहरूला्रई ’अंगवस्त्र’ (परम्परागत ओढ्ने), फूल, पुस्तक र स्मृतिचिह्न प्रदान गरी सम्मान गरेको थियो । हाजीपुर नगरपालिका परिषद्की अध्यक्ष तथा मन्दिर गुठी समितिका अध्यक्ष डा. संगीता कुमारीले अतिथिहरूको स्वागत गर्नुका साथै आफ्नो नगरमा आएर नेपाल र भारतबीचको सम्बन्धबारे विस्तृत छलफल गर्ने नेपालका वरिष्ठ पत्रकारहरूप्रति आभार व्यक्त गरिन । उनले सद्भाव, संस्कृति र धार्मिक विविधताका बाबजुद नेपाल र भारत सधैं एकजुट रहँदै आएको कुरामा जोडदिइन ।

मन्दिर गुठी समितिका सचिव अनिल चन्द्र कुशवाहाले अन्तर्राष्ट्रिय पत्रकारहरूलाई बाबा पातालेश्वर नाथ मन्दिरको ऐतिहासिक, धार्मिक र आध्यात्मिक महत्त्वबारे विस्तृत जानकारी दिए । उनले पाहुनाहरूलाई मन्दिरका परम्परा तथा धार्मिक मान्यताहरूबारे अवगत गराउनुका साथै मन्दिर परिसरको अवलोकन गराउँदै विभिन्न महत्त्वपूर्ण स्थलहरू देखाए ।

अन्तर्राष्ट्रिय पत्रकारहरूले मन्दिरको ऐतिहासिक सम्पदा, धार्मिक परम्परा र स्थानीय संस्कृतिका बारेमा जानकारी सङ्कलन गर्नुका साथै, पत्रकारिताका माध्यमबाट विभिन्न राष्ट्रहरूबीच सांस्कृतिक संवाद, आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्ध सुदृढ पार्ने कुरामा जोड दिएका थिए ।

मन्दिर परिसरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा गुठी समितिका विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । अन्तर्राष्ट्रिय पत्रकारहरूको यस मन्दिर भ्रमणलाई हाजीपुरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई विश्व मञ्चसँग जोड्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *