Sadarline
२०८३ असोज १९ , सोमबार

नेपालगञ्जमा मोहम्मद डे धुमधामका साथ मनाईदै



नेपालगञ्ज :  ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्मदिन ‘मोहम्मद डे’ बुधबार बाँकेको नेपालगञ्जलायतका पालिकाहरुमा निकालिएको जुलुस धुमधामका साथ सम्पन्न भएको छ ।

मुस्लिम अगुवा मोहम्मद हरुण हल्वाईले ईस्लामिक क्यालेण्डर हिजरी संम्वतको तेस्रो महिना रवि उल अव्वलको अरबी १२ तारिखका दिन पर्ने यो पर्व बुधबार बिहान हातमा मदिना झण्डासंगै नेपाली रष्ट्रिय झण्डा लिएर बालबालिका, युवालगायतका मुस्लिम समुदायका व्यक्तिहरु जामा मीस्जद अगाडीबाट मोहम्मदी जुलूस निकाल्दै नेपालगञ्जका विभिन्न भागहरुमा परिक्रमा गरि गौसिया मस्जिद पुगेर समापन गरी मनाईएको जानकारी दिए ।

यसपटकको मोहम्मद डे मा धार्मिक अनुयायीहरुले डिजेलगायतको साउण्ड सिस्टमको प्रयोग नगरी जुलुस निकालिएको थियो । चोक चोकमा सुरक्षा व्यवस्था कडा परिएको थियो ।

यसअघि मोहम्मद डे को अवसरमा नेपालगञ्जमा गल्ली र सडकहरु सजाईएको थियो । धार्मिक प्रवचन, घर, टोल र मस्जिदलाई सजाउदै ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको शुभ जन्मोत्सव अर्थात मोहम्मद डे मा धुमधामका साथ मनाईएको छ ।

 

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार
ताजा समाचार