एनपिएल :  सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको चुनौतीपूर्ण लक्ष्य

सदरलाइन संवाददाता १८ मंसिर २०८२, बिहीबार १८:५०
 

काठमाडौँ :  नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सले जितका लागि चितवन राइनोजलाई एक सय ७० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६९ रन बनायो ।

सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतकीय इनिङ्स खेले । ७५ रनमा रिटायर्ड हर्ट भए । उनले ५६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन ।


यस्तै ओपनर विनोद भण्डारीले २३ र पुनित मेहराले १३ रन बनाए । आरिफ शेखले र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित समान २४÷२४ रन बनाएका थिए ।

बलिङमा चितवनका सैफ जइबले दुई विकेट लिए । रन्जित कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिएका थिए । सुदूरपश्चिम यसअघिनै प्लेअफमा पुगिसकेको छ । चितवनलाई प्लेअफमा पुग्न जित्नैपर्ने बाध्यता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी

१८ मंसिर २०८२, बिहीबार १८:५०
कोहलपुर :  बुधबारदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता–२०८२ जारी छ । प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा प्रतिष्पर्धा भइरहेको छ । कोहलपुर–११ स्थित न्युरोडको खुल्ला खेल मैदानमा भइरहेको प्रतियोगितामा बिहीबारसम्म आधारभूत तहको आठ मीटर दौड प्रतियोगिता सम्पन्न भएको आयोजक प्याब्सन कोहलपुरले […]