लुम्बिनीका किसानहरु नेपालगञ्जमा प्रदेशस्तरीय सभा गर्दै

सदरलाइन संवाददाता २२ कार्तिक २०८२, शनिबार १८:५७
 

नेपालगञ्ज : राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम अन्तर्गत भोलि आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन तथा जनसभा गर्ने भएको छ ।

नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले नेपालगञ्जको एसके पेट्रोल पम्पदेखि शुरु हुने विशाल जुलुस प्रदर्शनमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी तथा सदस्य तथा आमकिसानहरुको सहभागिता हुने जानकारी दिए ।

जुलुसले नेपालगञ्जको परिक्रमापछि धम्बोझी चोकमा पुगेर सभामा परिणत हुनेछ । उक्त सभालाई नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द तिमिल्सिना र अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेस दंगालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।


शनिवार नेपाली काँग्रेस बाँके पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आन्दोलनको आवश्यकता र औचित्यका बारेमा नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तिमिल्सिनाले जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले किसानहरुले भोग्नु परेका समस्याको निराकरणका लागि १० आन्दोलनको कार्यक्रम अन्तर्गत १० बुँदे माग अघि सारिएको बताए । जसअन्तर्गत किसानका लागि हुने विमा सम्बन्धित व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, विउको सरल र सहज उप्लव्धता, दुध रकमको भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत व्यवस्थालगायतका माग समेटिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल किसान महासंघका अध्यक्ष तिमिल्सिना र अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव आरती पौडेलले किसानको यो आन्दोलन रहर नभई बाध्यता भएको बताउदै किसानहरु कुनै दल विशेषको पक्षपोषक नभई वर्गिय हितका लागि सधै लडिरहने कुरामा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

२२ कार्तिक २०८२, शनिबार १८:५७
नेपालगञ्ज :  नेपालगञ्ज म्याराथनले मलेसियाको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगापुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र नेपालगञ्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको हो । नेपालगञ्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले कोर म्याराथनका आयोजक स्कोर […]

सम्बन्धित