२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बन जोगाउदै आयआर्जन गर्दै कम्दीका गृहणी महिला



सदरलाइनडटकम,
२४ भदौ, नेपालगन्ज : बाँके कम्दीका गृहणी महिलाहरुले सामुदायिक बनमा नेतृत्व सम्हाले लगत्तै बाताबरणको संरक्षण संगै गृहणीको आय आर्जनका कामलाई समेत अघि बढाएका छन् ।  पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूह कम्दीको नेतृत्वमा महिला चयन भएपछि उनीहरुले आफ्नो नेतृत्वमा सामुदायिक बन आएको बेलामा केही गर्नुपर्छ भन्ने अभिप्रायले आयआर्जनका काम संगै बन जोगाउन लागेको बताउछन ।  IMG_8821एकसय १८ घरधुरी उपभोक्ता रहेको सो सामुदायिक बनको ११ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित ५ सदस्य महिला पदाधिकारी रहेका छन् भने सहसचिव र एक सदस्य पुरुष भएको समुहकी कोषाध्यक्ष भवानी बोहराले जानकारी दिईन । उनीहरु सामुदायिक बनको नेतृत्वमा आएलगत्तै जलवायु परिवर्तनको असरका बारेमा समेत जानकार भएको बताउछन् ।
उनको छेउमै बसेकी समुहकी उपाध्यक्ष टुल्की बुढाथोकीले जिल्ला बन कार्यालय बाँकेका कर्मचारीको रवैया प्रति आक्रमक हुँदै भनिन–‘हामीलाई बन ऐन नियमको बारेमा जानकारी दिनु छैन केही नजानेको कुरा सोध्न जाँदा निहुँ खोजेर थुनिदिउ भन्दै थर्काउने गर्दा मन कुन्डिन्छ ।’
उनले बन कार्यालयले बेला बेलामा बन ऐन, नियम र नीतिको बारेमा समुहका सबै उपभोक्तालाई ज्ञान दिनुपर्ने धारण राख्दै आफु जस्ता ग्रामीण महिलालाई बन संरक्षणको लागि हौशला दिनुपर्ने धारणा राखिन ।
उनले महिलाको नेतृत्वमा रहेको सामुदायिक बनलाई जिल्लाकै उत्कृष्ठ बन बनाउने उद्देश्यसंगै बन संरक्षण र समुहका सदस्यहरुलाई आयआर्जनको क्षेत्रमा पनि लगाउने गरिएको बताईन । उनले भनिन–‘हामी एक त ग्रामिण महिला जेन तेन नेतृत्वमा पुगेका छौ हामीलाई हौसला भन्दा पनि खिस्याउनेहरु बढी छन तै पनि हामीले हिम्मतका साथ कुनै पनि पुरुषको भन्दा बढी काम गरेका छौ ।’

IMG_8836
उनले समुहको सदस्यका बीचमा आम्दानीको स्रोत बढाउनको लागि टपरी उद्योग सञ्चालनमा ल्याएको जानकारी दिईन । हालै सञ्चालनमा ल्याएको सो उद्योगले उत्पादन गरेका टपरी स्थानीयस्तर मै खपत हुने र कहिले काँही मात्र नेपालगन्जमा पनि विक्री गर्न लैजाने गरेको बताईन ।
‘१ लाख ९० हजारको लागतमा टपरी उद्योग सञ्चालनमा ल्याएका छौ । यसको लागि आवश्यक केही सामानहरु अझै अपुग छ’– समूहका कोषाध्यक्ष बोहराले भनिन–‘ मेसिन खरिदका लागि गाविसबाट ७० हजार, सामुदायिक वन उपभोक्ता महाँसंघबाट ८० हजार र बाँकी समुहले रकम जुटाएको हो ।’
सामुदायिक बनमा खेर जाने पातको सदुपयोग पनि हुने र विपन्न समुदायको आयआर्जनमा समेत टेवा पुग्ने भएकाले उद्योग सञ्चालनमा ल्याइएको सचिव तीला थापाले जानकारी दिईन । ‘अहिले हाप चाउमिन र चाटका लागि मात्र टपरी निमार्ण गरिएको छ,’–उनले भनिन–‘टपरी बनाउनका लागि अर्को डाइ मेसिन आवश्यक पर्छ त्यो हामीसँग छैन् ।’
डाई खरिदका लागि ६० हजार रुपैयाँ पर्ने वताइएको छ । उद्योग सञ्चालनका लागि २० जना महिलाको समूह छ । पशुपतिनाथ सामुदायिक वन महिलाहरुले चलाएका छन् ।

IMG_8839

प्रकाशित मिति : २०७३ भदौ २४ गते शुक्रबार
ताजा समाचार