एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माण अन्तिम चरणमा

सदरलाइन संवाददाता २५ फाल्गुन २०८०, शुक्रबार १५:३१
 

नेपालगञ्ज : नेपालगञ्ज रङ्गशालामा गत वर्ष वैशाखमा सुरु भएको अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक निर्माणको काम अन्ति मचरणमा पुगेको छ । गत वर्ष वैशाख १० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले शिलान्यास गरेका थिए ।

साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले यहीँ वैशाखभित्र निर्माण कम्पनीले हस्तान्तरण गर्ने गरी अन्तिम चरणको कार्य अघि बढाएको जानकारी दिए । चन्दले भने, “सेन्थेटिक रबर बिच्छाउने लगायतका अन्तिम चरणको फिनिसिङ्गको काम मात्रै बाँकी छ । सेन्थेटिक रबर चीनबाट ल्याईदैछ ।“


नौ करोड ८६ लाख ४० हजार ८३२ रुपियाँ २० पैसामा पञ्चकन्या–सिन्कट्स जेभी ललितपुरले पुस २० गते सम्पन्न गर्ने गरी निर्माण थालेकोमा समयभित्र निर्माण कार्य पुरा नभएपछि म्याद थप भएको हो । एथलेटिक्स ट्रयाक निर्माण भएपछि खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको ट्रयाकमा तयारी गर्न पाउने भएकाले उत्कृष्ट प्रदर्शनका लागि सहज हुने चन्दले बताए ।

राजधानी बाहिर पोखरा र दाङको बेलझुण्डीपछि नेपालगञ्जमा अन्तर्राष्ट्रिय स्तरको सेन्थेटिक ट्रयाकको निर्माण शुरु भएको हो । सेन्थेटिक ट्रयाक निर्माण सम्पन्न भएपछि नेपालगञ्ज रङ्गशालाले पनि पूर्णता पाउने भएको छ । तर यहाँ भित्र खेल गतिविधि नहुँदा संरचना जीर्ण हुँदै जान थालेका छन् । रङ्गशालामा शुल्क महँगो भएकाले खेल गतिविधि हुन नसकेको खेलकर्मीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालसुधारगृहका बालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

२५ फाल्गुन २०८०, शुक्रबार १५:३१
नेपालगञ्ज : बाँकेका दुई अस्पताल भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले बाँकेमा रहेका दुईवटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारमा सहयोग गर्ने भएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको अध्यक्षतामा बाँके जिल्ला अदालतमा भएको जिल्ला बालन्याय समितिको बैठकमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल […]