नेपालगञ्ज : मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पसको समन्वयमा सप्ताहव्यापी भलिबल प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद भन्ने मुलनाराका साथ यहि फागुन –११ गतेदेखि क्याम्पसमा अन्तर संकाय भलिबल प्रतियोगिता शुरु गरिएको थियो ।
सोमवारको अन्तिम खेलमा छात्रातर्फ आरती थारुको समूह (व्यवस्था संकाय) विजेता भएको छ भने कमला थापाको समुह उपविजेता भएको छ । छात्रतर्फको अन्तिम खेलमा भिम बुढाथोकीको समूह (व्यवस्थापन संकाय) विजेता र नवराज वि.क.को समुह (शिक्षाशास्त्र संकाय) उपविजेता भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसका प्राध्यापकहरु बिच भएको मैत्रीपुर्ण खेलमा स्वतन्त्र विद्यार्थी युनियनले जित हात पारेको छ । समापन कार्यक्रममा क्याम्पस प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि दान बहादुर हमालले खेलाडी लाई आफ्नो खेलप्रतिको चासोले स्वास्थमा फाईदा पुग्ने मात्र नभई आगामी दिनमा हुने विश्वविद्यालय स्तरीय एवम् क्याम्पस स्तरीय कार्यक्रममा अब्बल सावित गर्ने वताए । उनले यो खेलबाट छात्रा र छात्र खेलाडी पहिचान गरिएकोले दुवै समूह निर्माण गरिएको समेत जानकारी दिए ।
ग्र्याजुएट स्कुल अफ एजुकेसन एवम् अतिरिक्त क्रियाकलाप समिति संयोजक ज्ञानेन्द्र शाहीले अबका दिनमा अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद प्रतियोगिता लाई प्राथमिकता दिने वताए ।
कार्यक्रममा अतिथिहरु ग्र्याजुएट स्कुल अफ व्यवस्थापनका विभागीय प्रमुख जीवन सिंह राठौर, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एन्ड सोसियल साईन्सका विभागीय प्रमुख खोपिराम वलि, प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी ईकाइ समिति सभापति एवम् मिडिया संयोजक एकराज शर्मा, नेपाल रास्टिय प्राध्यापक संगठन ईकाइ समिति अध्यक्ष जयकृष्ण न्यौपाने, कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मि, पुर्व क्याम्पस प्रमुख खगराज पन्त लगायत क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको थियो ।
छात्र तथा छत्रातर्फका विजेता खेलाडीहरु लाई नगद रु १०/१० हजार मेड्ल, प्रमाणपत्र, उपविजेता दुवै समुहलाई नगद रु ५/५ हजार प्रमाणपत्र मेडल प्रदान गरिको थियो ।
छात्रतर्फ उत्कृष्ट खेलाडी हिरालाल राना र छात्रातर्फ शुसिला कुमारी थारु लाई ट्र्फी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
अनुशाशित खेलाडीका रूपमा छात्रा तर्फ आरती थारु र छात्रा तर्फ राज् के सि लाई नगद रु १÷१ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र बहादुर बुढाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव महेन्द्र प्रकाश मल्लले गरेका थिए ।