नेपालगञ्ज : बाँकेको नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा टुर दी ठाकुरद्वारा छैठौं संस्करण साइकल महोत्सव गर्ने भएको छ । साइकल पर्यटनमार्फत देश विदेशका पर्यटकहरुलाई बाँके र बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको भ्रमण गराउने उद्देश्यले साइकल यात्रा गर्ने भएको क्लबका सचिव इन्द्र गिरी बताउँछन् ।
संस्कृति, प्रकृति, पर्यटन, प्रयावरण र खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको साइकल यात्रामा छिमेकी मुलुकका युवा सहित २ सय बढी साइकल यात्रीको सहभागिता रहने भएको छ ।
साइकल यात्रीहरु यसरी भ्रमणमा निस्किँदा साइकल पर्यटनको माध्यमबाट देशको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने, तनाव कम भएर स्वास्थ्य राम्रो हुने र आपसी मित्रता र सम्बन्धलाई निकै प्रगाढ बनाएको साइकल आयोजक बताउँछन् ।
नेपालगञ्ज साइक्लिङ क्लबले देश विदेशका पर्यटकलाई बाँके बर्दियाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने उद्देश्यले २०७५ सालदेखि यो अभियान थालेको आयोजक मध्येका एक सतिश निरौला बताउँछन् । यसअघिका यात्रामा विश्व साइकल यात्री पुस्कर शाहलगायत विभिन्न साइकल यात्रीको सहभागिता रहेको थियो । छैठौं संस्करणका लागि करिब २७ लाख बजेट खर्च अनुमान गरिएको छ ।