जिता केसी/सदरलाइनडटकम
१५ असार, नेपालगन्ज : बाँकेको खास कुस्मा–६ भवानीयाँपुरमा संरक्षणको अभावमा प्राकृतिक र धार्मिक महत्वको गुफा भएर पनि अस्तित्वमा आउन सकेको छैन । स्थानीयले ‘ओडारघारी गुफा’ भनेर पहिचान दिएको सो गुफा पूर्व–पश्चिम राजमार्गको कुसुम झोलुङ्गेपुलबाट करिव २ किलोमिटरको दुरीमा पर्दछ ।
स्थानीय र संबन्धित निकायको बेवास्थाको कारण संरक्षण र प्रचारमा आउन नसकेरै सो गुफा पुरिदै गएको अवस्थामा छ । करिव २० मिटरका दुरिमा अर्को सानो गुफा पनि छ । गुफाको बाहिरी मुखमा गज (हात्तिको) आकारको आकृती छ ।
घाँस र पतिंगरले छोपेको अवस्थामा रहेको सो गुफाको बाहिर मुख सानो भए पनि भित्र ६०÷७० जना सजिलै अटाउन सक्ने र सो गुफाको बाटो हुँदै भारतको उत्तर प्रदेसमा पर्ने पाटनदेवि मन्दीरमा पुग्न सकिने जनविश्वास रहेको स्थानीय शंकरबहादुर खत्री बताउछन ।
गुफा र ताल हेर्नको लागि भनेर पोखरा जानेहरुको संख्या यस क्षेत्रका अत्याधिक आन्तरिक पर्यटक भए पनि बाँके जिल्लामा नै गुफा भएको बारे पर्यटन कार्यालय बाँके अनभिज्ञ छ । पर्यटन कार्यालयसंग सो गुफाको बारेमा जानकारी नै छैन ।
हरेक वर्षातमा पानीको भेलले ल्याउने लेदो माटो तथा विभिन्न सरिसृपले आफ्नो बासस्थानको रुपमा प्रयोग गरीरहेको सो गुफा स्थानीयले महत्व नबुझेको कारण संरक्षणको अभावमा विस्तारै पुरिदै जान थालेको छ । गुफाको संरक्षण गर्नसके खासकुस्माको भवानीयाँपुर गाउको मुहार फेरिने खत्री बताउछन् । फोटो: रुद्र सुवेदी/सदरलाइनडटकम