हिउँदेवाली भित्र्याउन पाउँदा नरैनापुरवासी हर्षित

सदरलाइन संवाददाता ८ फाल्गुन २०७९, सोमबार १३:३६
 

नरैनापुर (बाँके) : हिउँदेवाली सप्रियपछि नरैनापुर गाउँपालिकाका किसान हर्षित भएका छन् । वर्षात नभएपछि धान खेती गर्न नपाएका नरैनापुरका किसानहरु हिउँदेवाली राम्रो भएपछि खुशी भएका हुन् ।

धान वालीको परिपूर्ति गहुँ, मसुरो र तोरीले गर्ने आशा गरेको नरैनापुर गाउँपालिका ४ खोदवाका रामनरेश तमौलीले बताए । तोरी स्याहार्दै गरेका उनले हिउँदेवालीले खाद्यन्न संकट टार्ने विश्वास गरे ।


वर्सात नहुँदा नरैनापुरमा १५ प्रतिशत धान रोपाइँ भएको थियो भने गत वर्षभन्दा दश गुणा कम धान उत्पादन भएको थियो । धान उत्पादन नभएपछि गाउँपालिकाले सुखाग्रस्त क्षेत्र घोषणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका पर्यटन व्यवसायीको बाह्र बुँदे माग

८ फाल्गुन २०७९, सोमबार १३:३६
नेपालगञ्ज : लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवसँग बाँकेका पर्यटन व्यवसायीले भेटेर १२ बुँदे माग राखेका छन् । पर्यटन व्यवसायीका तर्फबाट बुझाइएको मागपत्रमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज) नेपालगञ्जमा स्थापना भए पनि बजेट अभावको कारण देखाउँदै कर्मचारीलाई फिर्ता बोलाइएकोमा दुःख व्यक्त गरिएको छ । त्यसैगरी […]