२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

होटल व्यवसायी संघ बाँकेको साधारण सभा तयारी अन्तिम चरणमा




नेपालगञ्ज  :  होटल व्यवसायी संघ बाँके नेपालगञ्जको माघ २२ गते शनिबार नेपालगञ्जमा तय भएको १६ औं र १७ औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ ।

संघका अध्यक्ष भिमलाल कडेलले कोभिड–१९ को कहरका कारण हुन नसकेको गत वर्षको १६ औं साधारण सभा पनि एकै साथ गर्न लागिएकोे बताए । उनले शनिबार बिहान ११ बजे साधारण सभा सुरु हुने गरी तयारी अभि बढाईएको जानकारी दिए ।

नेपालगञ्जको सिद्धार्थ कटेजमा आयोजना गरिएको साधारण सभाको लुम्बिनी प्रदेशको पर्यटन संस्कृति बन तथा बाताबरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका प्रवक्ता डिलाराम पौडेलले जानकारी दिए ।

सो साधारण सभामा होटल व्यवसायी महसंघका संस्थापक अध्यक्ष माधव नेपाल, बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष दिनेश चुकेलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

साधारण सभाको कार्यक्रम ११ बजे उद्घाटन गर्ने गरी तय गरिएको कारण संघका साधारण सदस्य तथा कार्यसमितिका पदाधिकारी, आमन्त्रित पाहुनालाई साढे १० बजेसम्म उपस्थितिका लागि संघका अध्यक्ष कंडेलले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ फागुन २१ गते शुक्रबार
ताजा समाचार