डुडुवामा दुई स्वास्थ्य चौकी भवनको उद्घाटन

४ चैत्र २०७६, मंगलवार १९:३१
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिका वाडा नं. ६ हिरमिनिया र वाडा नंं. १ होलिया स्वास्थ्य चौकीको नवनिर्मित भवनको मंगलवार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आयोजित छुट्टाछुट्टै समारोहमा दुई वटै भवनको उद्घाटन गरे ।
नवनिर्मित हिरिमिनिया स्वास्थ्य चौकीको साढे दुई तले भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले सम्पूर्ण नागरिकको स्वास्थ्यमा पहुँच तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि गाउँपालिकाले विशेष अभियान सञ्चालन गर्दै आएको बताए । उनले गाउँपालिकाले दुई स्थानमा निःशुल्क प्रयोगशाला, एम्बुलेन्स सेवा र उच्च रक्तचाप तथा मधुमेह रोगीका लागि समेत निःशुल्क औषधी वितरण गरिरहेकाले त्यसलाई विश्वासका साथ सेवन गर्न आग्रह गरे ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको वडा नं. १ को राप्तीपारी चौफेरी, कुडुवा र वडा नं. ५ को डलैपुर गाउँमा सामुदायिक स्वास्थ्य एकाई स्थापना गर्ने जानकारी दिँदै अध्यक्ष चौधरीले स्वास्थ्य शिक्षाका दृष्टिकोणले पछि रहेको भन्दै सचेतनामुलक कार्यक्रम संगै नागरिकको सोँचमा परिवर्तन आवश्यक रहेको बताए ।
साविक जिल्ला विकास समिति बाँकेका पूर्व सभापति एवं समाजसेवी पशुपतिदयाल मिश्रले हिरिमिनिया क्षेत्रको समग्र विकासका लागि सदैय लागि परेकाले अहिले पनि स्वास्थ्य, शिक्षा तथा कृषिका लागि विशेष प्याकेज ल्याउनु पर्नेमा जोड दिए ।
वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगदबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले धारणा राखेका थिए ।
५ कठठा जमिनमा १ करोड २८ लाख ६५ हजार ४१२ को लागतामा साढे दुई तलाको भवन निमार्ण भएको स्वास्थ्य चौकी इञ्चार्ज भिमबहादुर विकले बताए ।
यसैगरि होलिया स्वास्थ्य चौकीको ३ कोठे भवनको पनि उदघाटन गरियो । त्यस अवसरमा स्वास्थ्य चौकीको भवन निमार्णका लागि समाजसेवी हरिनारायण चौधरीले २ कठठा जग्गा दान गरेका थिए । उक्त जग्गामा पुरानो भवन र नया भवन गरि दुई वटा भवन निमार्ण गरिएको स्वास्थ्य चौकी इञ्चार्ज कमल प्रसाद उपाध्यायले जानकारी दिए ।
भवन निमार्णका लागि वरिष्ठ समाजसेवी जग्गादाता हरिनारायण चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस अवसरमा दुई वटै स्वास्थ्य चौकी भवन निमार्ण कार्यमा उल्लेख्य योगदान पुर्याएका स्थानीयबासी तथा कर्मचारीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गाउँपालिकाको वडा नंं २ बेतहनी ५ को कम्दी र ६ को हिरिमिनिया स्वास्थ्य चौकीको अत्याधुनिक भवन निमार्ण भई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।


Next Post

मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति

४ चैत्र २०७६, मंगलवार १९:३१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके जिल्ला सुुटिंग संघमा रमेशकुमार मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नेपालगञ्जमा भएको नवौं साधारण सभाबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको हो । आगामी महिना काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन गरिएको हो । संघको उपाध्यक्षमा आशा थापा […]