अफगानिस्तानका शहजाद इपिएल टिम चितवनमा आबद्ध

१५ माघ २०७६, बुधबार १७:२३
 

सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद शहजाद एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आउने भएका छन् । शहजाद इपिएल टिम चितवन टाइगर्ससँग आबद्ध भएका हुन् ।
चितवनले शहजाद टिममा आबद्ध हुँदा खुशी व्यक्त गरेको छ । उनी पछिल्लो समय अफगानिस्तानको टिममा छैनन् । कारणबश टिमबाट बाहिर रहेका ३३ वर्षीय शहजाद विस्फोटक ब्याट्सम्यान मानिन्छन् ।
उनले अफगानिस्तानका लागि ८४ एकदिवसीय, ६५ टी–२० र २ टेस्ट खेलेका छन् । जसमा उनले एकदिवसीयमा ६ शतक र टी–२० मा एक शतक हिर्काएका छन् । यसअघि चितवनले सिजनका लागि सोमपाल कामीलाई पनि भित्र्याएको थियो ।

Next Post

भारतको महाराष्ट्रमा दुर्घटना, २७ जनाको मृत्यु

१५ माघ २०७६, बुधबार १७:२३
सदरलाइनडटकम, काठमाण्डौ : पश्चिम भारतको महाराष्ट्रमा तीव्र गतिको यात्रुबाहक बसले मंगलवार राति अटो रिक्सा ठोक्किएर २७ जनाको मृत्यु भएको छ । बसको ठक्कर लागेपछि अटोरिक्सा र बस सडक नजिकैको कुवामा खसेक थिए । कुवामा खसेका अटोरिक्सा, बस र शवलाई क्रेनले बाहिर निकालिएको थियो । दुर्घटनामा अन्य ३२ जना घाइते भएका […]

सम्बन्धित