सदरलाइनडटकम,
नेपालगञ्ज : फौजी किराले दुःख दिएपछि बाँकेका किसानले मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपालगञ्जमै रहेका मुख्यमन्त्री पोख्रेललाई मंगलवार ज्ञापनपत्र बुझाउँदै किसानहरुले फौजी किराको व्यवस्थापन र सहयोग गर्न आग्रह गरेका थिए ।
बाँकेमा कुल जमिनमध्ये ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा हुने धान खेतीमध्ये फौजी किराले झण्डै १७ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । फौजी किरा पूर्णरुपमा नियन्त्रणमा नआएको र धान काट्न बाँकी रहेका कारण क्षतिको विवरण अझ बढ्नसक्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । नियन्त्रणका लागि किसानलाई सूचना प्रवाह, स्थलगत अनुगमन र केही स्थानमा विषादीको पनि प्रयोग गरिएको छ ।
आगामी बालीमा समेत किरा लाग्ने सम्भावना भएकाले सचेतनालगायतका अन्य कार्यक्रम सञ्चालन गर्ने तयारी छ । फौजी किराको प्रकोप दिनप्रतिदिन बढ्दै गएपछि बाँकेमा किसानहरुले राम्ररी नपाकेको धान भित्र्याउन थालेका छन् ।