‘सहकारी प्रतिको विश्वास जोगाउन सबै क्षेत्रबाट पहल गरौ’

२ कार्तिक २०७६, शनिबार १८:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले सहकारी प्रति सर्वसाधारण भावना जोडिएकोले सबैको विश्वास जितेर अघि बढ्न सुझाव दिएका छन् । उनले शनिबार नेपालगन्जमा नमस्ते वचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।
उनले सहकारीको कारण मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा मुख्य भूमिका रहेको उल्लेख गर्दै सहकारीलाई विश्वासनिय र पारदर्शि बनाउन शुष्म तरिकाले निगरानी राख्नु पर्ने बाँकेलगायत देशका केही स्थानमा सञ्चालनमा रहेको सहकारीमा देखिएको बिकृति र बिसंङगतीको कारण आवस्थाआएको उल्लेख गरे ।
सहकारीको साधारणसभाको उद्घाटन गर्दै मन्त्री राईले पछिल्लो समयमा सहकारीहरुले जनाताको विश्वास गुमाउदै गएको कारण नेपालगन्ज तथा देश भर नै केही बिकृती देखापरेको उल्लेख गर्दै सहकारीकर्मीले समयमै ध्यान दिन आवश्यक रहेको औल्याए ।
उनले सहकारीले रोजगारि तथा गरिवि निबारणको लागि राज्यलाई ठूलो सहयोग गरेको स्मरण गर्दै गुम्नलागेको विस्वासलाई जोगाउन सबैको दायित्व भएको बताए ।

Next Post

रुपैडिहा बोर्डर कात्तिक ४ गतेसम्मका लागि बन्द

२ कार्तिक २०७६, शनिबार १८:५४
सदरलाइनडटकम, नेपालगञ्ज : भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा कात्तिक ४ गते हुन लागेको विधान सभाको उपनिर्वाचनमा सुरक्षाको दृष्टिकोणले आज शनिबार साँझ ६ बजेदेखि नेपाल–भारत बोर्डर शिल गरिएको छ । भारतमा हुने उपनिर्वाचनको कारण रुपैडिहा बोर्डर आगामी कात्तिक ४ गतेसम्मको लागि आवत जावत बन्द हुने छ । बाँकेका प्रहरी प्रमुख बीरबहादुर […]