बाँकेमा काट्ने बेलाको धानमा फौजी किराको प्रकोप

२४ आश्विन २०७६, शुक्रबार १८:१४
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिका वडा नं. ६ को कालाबन्जडमा काट्ने बेलाको धानमा फौजी किराले नोक्सान पु¥याए पछि किसानहरु निराश बनेका छन् । डुडुवा गाउँपालिका–६ कालाबन्जडमा करिब सय हेक्टर बढी जमिनमा लगाईएको धान खेतीमा ५ दिनदेखि फौजी किराले नोक्सान गर्दै आएको हो ।
फौजी किराले रातीको समयमा धानको बाला काटेर खाईदिने गरेपछि किसानहरुले लगाएको धानबाली दिन प्रतिदिन नोक्सान हुदै गएको छ । शुरुमा थोरै धान खेतीमा देखा परेको फौजी किरा ५ दिन मै फैलिएर सय बढी हेक्टर जमिनमा लगाएको धान खेतीमा नोक्सान पु¥याईसकेको स्थानीय किसानको गुनासो छ ।
डुडुवा—६ कालाबन्जडका किसान रतिराम कुम्हारले ४० कठ्ठा जमिनमा लगाएको राधा—४ धान फौजी किराले काटेर नोक्सान पु¥याएको बताए । उनले भने–‘यस बर्ष धान निकै राम्रो भएको थियो एक कठ्ठामा साढे २ क्विन्टल धान फल्ने अनुमान गरेको थिए, तर काट्ने बेलाको धान फौजी किराले सखाप पारेपछि उत्पादन शुन्य हुने भयो ।’
एनकै साथमा रहेका स्थानीय किसान अफिद अलीले पनि ४० कठ्ठा जमिनमा लगाएको राधा—४ धान खेती फौजी किराले रातीको समयमा काटेर नोक्सान पु¥याएको बताए । धान खेती गर्दा धेरै मेहनत गरेको बताउदै किसाने फौजी किराले पाकेको धान काटेर ठूलो नोक्सान बनाए पछि १ कठ्ठाबाट ५ किलो धान घरमा भित्रिने अवस्था नरहेको गुनासो गरे ।
किसान जुमै दर्जीले १४ कठ्ठामा लगाएको धान फौजी किराले काटेर नोक्सान पु¥याएको बताए । उनले १९ गतेदेखि कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्दा दशै पर्वले कोही पनि कर्मचारी आउन नसकेको जवाफ पाएको गुनासो ब्यक्त गरे ।
फौजी किराले अत्यन्तै छिटो नोक्सान पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए । उनले बाँकेको खास गरी नेपालगन्ज उपमहानगर र आसपासका गाउपालिकामा हालै मात्र धानवालीमा देखिएको बताउदै फौजी किरा प्रभावित क्षेत्रमा छिट्टै पुग्ने र तत्काल रोकथाम र नियन्त्रणका लागि किसानहरुलाई बिषादी सहयोग गर्नुका साथै रोकथामका उपायहरुको जानकारी दिने बताए ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको १९ नंम्बर वडा, राप्तीसोनारी गाउँपालिकाका केही वडा र डुडुवा ६ कालाब्न्जडमा फौजी किराको प्रकोप फैलिएकाले कृषि ज्ञान केन्दको तर्फबाट प्रभावित क्षेत्रमै पुगेर अवलोकन गरी किसानहरुलाई बिषादीको सहयागे गर्ने प्रमुख ढकालले जानकारी दिए । कालाबन्जडमा मात्र फौजीकिराको कारण ४ सय मेट्रिकटन धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र बाँकेले जनाएको छ ।

Next Post

विष्फोटपछि इरानी तेल ट्याङ्करमा आगलागी

२४ आश्विन २०७६, शुक्रबार १८:१४
सदरलाइनडटकम, काठमाण्डौ : विष्फोटपछि इरानको एउटा तेल ट्याङ्करमा आगो लागेको छ । इरानी सञ्चारमाध्यमका अनुसार यो घटना साउदी अरबको समुद्री तट जेद्दा बन्दरगाह नजिक भएको हो । आगो लागेको तेलको ट्याङ्कर इरानको तेल कम्पनी एनओआईसीको हो । सञ्चारमाध्यमका अनुसार विस्फोट हुँदा इरानी ट्याङ्कर साउदी अरबको तटीय शहर जेद्दाबाट ९७ किलोमिटरको […]