मालपोतको नगद कारोबार बैंकमार्फत गरिने

१ श्रावण २०७६, बुधबार १६:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा विगतमा संकलन हुने राजश्व जोखिम मोलेर तीन किलोमिटर टाढाको राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरिन्थ्यो । सेवाग्राहीलाई समेत कार्यालयमा भिडभाड हुने हुँदा अस्तव्यस्त थियो । अब भने सम्पूर्ण राजश्व सम्बन्धी नगद कारोबार बुधवारदेखि बैंकमार्फत गर्न शुरु गरिएको छ ।
मालपोत कार्यालय नजिकै रहेको नेपाल बैंक लिमिटेडमार्फत मालपोत कार्यालयबाट हुने राजश्व सम्बन्धी नगद कारोबार तथा राजश्व संकलनको सम्पूर्ण कारोबार शुरु गरिएको बैंकका इस्टेन्शन काउण्टर इञ्चार्ज राजेश श्रीवास्तवले बताए । नेपाल बैंक लिमिटेड नेपालगञ्ज शाखामा बुधवार गरिएको कार्यक्रममा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले कार्यालयमा भईरहेको कामभन्दा सेवाग्राहीले अझ बढि सहज तरिकाले सेवा सुविधा पाउन भन्ने उद्देश्यले बैंकसँग सहकार्य गरिएको बताए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिनाथ सापकोटा, आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रकाश पौडेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामचन्द्र शर्मा, प्रहरी उपरीक्षक वरिबहादुर वली, मव क्याम्पसका प्राध्यापक अर्जुन पोख्रेल, लगायतले सहज सेवा प्रवाहमा जोड दिए । कार्यक्रममा नेपाल बैङ्क लिमिटेडका प्रदेश प्रमुख पासाङ दोर्जे शेर्पा र सिटी अफिस नेपालगञ्जका शाखा प्रबन्धक जनकप्रसाद सुवेदीले आम नागरिकले सहज तरिकाले सेवा पाउने गरि काम शुरु गरिने बिश्वास दिलाए ।

Next Post

यातायात व्यवसायी आन्दोलित, नेपालगञ्ज ठप्प

१ श्रावण २०७६, बुधबार १६:३३
सदरलाइनडटकम, नेपालगञ्ज : यातायात व्यवसायीले मालवाहक सवारी साधन थन्काएर आन्दोलन शुरु गरेका छन् । राजस्व विभागले चुहावट रोक्नका लागि बुधवारदेखि कार्यान्वयनमा ल्याएको मालवाहक सवारी साधनमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोध गर्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । त्यसैगरी ढुवानी भाडामा भ्याट प्रभावकारी नरहेको भन्दै व्यवसायीले सरकारलाई दवाव दिन सवारी साधन […]

सम्बन्धित