विवाद हुँदा कोहलपुरको नगरसभा स्थगित

१३ असार २०७६, शुक्रबार १५:०५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको पाँचौ नगर सभामा विवाद उत्पन्न भएको छ । गत असार १० गतेबाट शुरु भएको नगरसभा शुक्रबार बिहान १० बजे बोलाईएको थियो । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथि दफाबार छलफल गर्ने क्रममा अधिकाशं संसोधित प्रस्तावहरु बहुमतले पास भएपछि काँग्रेस निकट जनप्रतिनिधीले शुक्रवारको बैठक बहिस्कार गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार थारु संग्राहलय राख्ने स्थानका विषयमा विवाद उत्पन्न भएको हो । विगतमा कोहलपुर नगरपालिका वडा नं. ११ मा थारु संग्राहलय निर्माण गर्ने भनिएपनि काँग्रेस निकट प्रतिनिधिहरुले शुक्रबारको सभामा १० नं. वडामा संग्राहलय निर्माण गर्नुपर्र्ने अडान राखेका थिए । गत नगरसभाले ११ नं. वडामा थारु संग्राहलय निर्माण गर्ने योजना पारित गरेको थियो । त्यसैगरी कोहलपुरको मसुरी खेतदेखि सत्यानको घुईयाबारीसम्म जोड्ने राजमार्गको नाम राख्ने विषमा समेत विवाद देखिएको छ ।
काँग्रेस निकट जनप्रतिनिधीहरुले सो सडकखण्डको नाम विपि राजमार्ग राख्नुपर्ने भन्दै नगरसभा वहिस्कार गरेको स्रोतले जनाएको छ । काँग्रेस निकट जनप्रतिनिधिहरुले सभा वहिस्कार गरेपछि ३ बजेसम्मलाई नगरसभा स्थगित गरिएको छ ।

Next Post

नेपालगञ्जको फोहोर देखाउन फोटो प्रदर्शनी

१३ असार २०७६, शुक्रबार १५:०५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगञ्ज शहरको फोहरको अवस्था झल्काउने खालका फोटोहरुको प्रदर्शनी गर्ने भएको छ । फोटो प्रदर्शनीका लागि ‘ऐना’ नाम दिइएकोे फोटो प्रतियोगिताको आव्हान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकासँगको साझेदारीमा गर्न लागिएको फोटो प्रतियोगिता र प्रदर्शनीले नेपालगञ्ज शहरमा फोहोर व्यवस्थापनको अवस्था र यसको समाधानका उपायहरुको […]