प्राङ्गारिक खेतीतर्फ आकर्षित हुँदै बाँकेका किसान

४ असार २०७६, बुधबार १६:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके र बर्दियामा प्राङ्गारिक तरकारी खेतीतर्फ किसानहरुको आर्कषण बढेको छ । पछिल्ला दिनमा किसान र उपभोक्ता सचेत हुने क्रम बढेसँगै प्राङ्गारिक तरकारी उत्पादन गर्ने कृषकसमेत बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपालगञ्जमा बुधवार प्राङ्गारिक तरकारी खेतीसम्बन्धि जिल्लास्तरीय कार्यशालामा बोल्दै किसानहरुले प्राङ्गारिक खेतीलाई बढवा दिन सरकारले पनि सहयोगी धाराणा लिन आवश्यक रहेको बताएका थिए ।
प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ अन्तर्गत गरिएको गोष्ठीमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले हालसम्म कति हेक्टरमा प्राङ्गारिक खेती गरिन्छ भन्ने एकिन तथ्यांक नभएपनि किसानहरुको आकर्षण भने बढ्दै गएको बताए । उनले प्राङ्गारिक तरकारी उत्पादन, बिक्री र प्रयोग गर्न कृषकसँग आनुरोध गरे ।

Next Post

पीएम कप महिला क्रिकेटमा सुदूरपश्चिमको विजयी शुरुवात

४ असार २०७६, बुधबार १६:४०
सदरलाइनडटकम, कञ्चनपुर : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा बुधवारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको […]