सकियो नेपालगञ्जमा जारी प्रादेशिक महोत्सव

३० फाल्गुन २०७५, बिहीबार ०७:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको ५१ औँ वर्षको अवसरमा फागुन १९ देखि २९ गतेसम्म सडक डिभिजन परिसर काँरकादोमा आयोजना गरिएको ‘प्रादेशिक महोत्सव–२०७५ नेपालगञ्ज, बाँके’ समापन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डीप्रसाद ढकालको प्रमुख आतिथ्यता र आयोजकसंघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा सो महा्त्सवको समापन गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष ढकालले देशलाई समृद्धिमा लैजान नीजि क्षेत्रसंगको सहकार्यलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । नीजिक्षेत्रको सहकार्य बिना देश समृद्धि हुन नसक्ने उनको दावी थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, हेमराज ढकाल, पूर्व केन्द्रीय सदस्य अच्युत प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य नरेन्द्रराज शर्मा, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौला, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी लगायतले बाँकेको समृद्धिका लागि सबैक्षेत्र एक हुनु पर्नेमा जोड दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले स्वागत गर्दै पछिल्लो समय नेपालगञ्जलाई पछि पार्ने काम भइरहेको भन्दै त्यस्तै अवस्था रहिरहे आन्दोलन हुने चेतावनी दिए ।
संघका अध्यक्ष बैश्यले समग्र जिल्लाको विकासको प्रचार प्रसारका लागि आयोजना गरिएको महोत्सव प्रतिकुल समयका बाबजुत सफल भएको बताए । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गरिएको हो ।
यस बाहेक प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याउँदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य थियो ।  

Next Post

राँझाचोकमा अज्ञात समुहले राखेको बम सेनाद्वारा निस्कृय पारियो

३० फाल्गुन २०७५, बिहीबार ०७:१३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझाचोकमा अज्ञात समुहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । अज्ञात समुहले गएराती राँझा विमानस्थल जाने चोकदेखि सय मिटर उत्तर राजमार्गमा बम राखिएको भए पनि बिहीबार बिहान ९ बजे मात्र राँझामा रहेको नेपाली सेनाको भैरवप्रसाद गणबाट खटेको टोलीले सो बम डिस्पोज गरेको थियो । […]