गस्तीका लागि प्रहरीलाई साइकल प्रदान

२९ माघ २०७५, मंगलवार १६:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ ले अस्थायी प्रहरी पोष्टका लागि साइकल प्रदान गरेको छ । वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि १४ हजार बराबरको दुई वटा साइकल मंगलवार एक समारोहबीच प्रदान गरेको हो ।
वडाको वजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सहयोग गरिएको वडा कार्यालयले जनाएको । वडाका जनप्रतिनिधी, नागरिक समाजका अगुवालगायतको उपस्थितीमा वडा अध्यक्ष सुरेन्द्र गुप्ताले प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बसन्त केसीलाई साइकलको साँचो हस्तान्तरण गरे ।
जनताको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको हौसला स्वरुप सहयोग गरिएको वडा अध्यक्ष गुप्ताले प्रतिक्रिया दिए । जनप्रतिनिधी, प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै उनले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए ।

Next Post

स्मार्ट स्कूल बनाउन आध्यात्मिक महोत्सव

२९ माघ २०७५, मंगलवार १६:५६
सदरलाइनडटकम, नेपालगञ्ज : स्मार्ट मन्टेश्वरी स्कूल बनाउनका लागि नेपालगञ्जमा शैक्षिक तथा आध्यात्मिक महोत्सव २०७५ भोलि (बुधवार)देखि सञ्चालन हुने भएको छ । ग्ल्याडसम किन्डर गार्टेन एकेडेमी नेपालगञ्जको आयोजनामा भोलिदेखि सुरु हुने शैक्षिक तथा आध्यात्मिक महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने छ । बागेश्वरी मन्दिर परिसरमा हुने श्रीमद् भागवत कथा एवं श्रीमद् […]